शुक्रबार, भदौ १९, २०८३

कोरियन भाषा परीक्षा दिन नपाएका युवाले मन्त्रीको गाडी जलाए

 |  शुक्रबार, पुस १३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १३, २०८०

काठमाडौं- ईपीएस परीक्षाको विषयलाई लिएर आन्दोलनरत युवाहरूले मन्त्रीको गाडी जलाएका छन्।

बालकुमारी-सातदोबाटो सडकमा सयौंको संख्यामा प्रदर्शनमा उत्रिएका युवाले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी जलाएका हुन्। दमकलले आगो निभाउने प्रयास गरे पनि आगजनीबाट बा २ झ ५८६१ नम्बरको गाडी ध्वस्त बनेको छ।

कोरिया भाषा परीक्षामा सहभागी नगराएको भन्दै भाषा सिकेका व्यक्तिहरूको समूहले प्रदर्शन गरेको हो।

जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारी कोटेश्वर-बालकुमारी सडकमा टायर बाल्ने तथा प्रहरीमाथि ढुंगामुढा गरेका छन्।

korea-eps-1703833143.jpg
 

प्रकाशित: Dec 29, 2023| 12:54 शुक्रबार, पुस १३, २०८०
प्रतिक्रिया दिनुहोस्