शुक्रबार, भदौ १९, २०८३

महोत्तरीमा ४० हजार गाँजाका बिरुवा नष्ट

 |  शुक्रबार, पुस १३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १३, २०८०

जलेश्वर- महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बहेडा गाउँमा लुकाई छिपाई रोपिएका ४० हजार गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहीबार खटिएको  टोलीले करिब चार बिगाहा क्षेत्रफलमा लगाइएको ती बिरुवा फँडानी गरेको हो।

कार्यालयका प्रहरी उपरीक्षक प्रकाश मल्लले बहेडाको वनमा लुकाई छिपाई गाँजा खेती गरिएको भन्ने  सूचनाका आधारमा २५ जनाको प्रहरी टोली खटिएर गाँजा उखेलेर नष्ट गरेको बताए।  

प्रकाशित: Dec 29, 2023| 12:11 शुक्रबार, पुस १३, २०८०
प्रतिक्रिया दिनुहोस्