आइतबार, असार १४, २०८३

दुईसय किलो आखेटोपहारसहित दुई जना पक्राउ

 |  शुक्रबार, पुस १३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १३, २०८०
National life
Shivam cement

किमाथाङ्का- सङ्खुवासभा प्रहरीले मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दुर्लभ जङ्गली जनावर सालकको आखेटोपहारसहित दुई जनालाई पक्राउ गरेको छ।

आखेटोपहारसहित पक्राउ पर्नेमा भोटखोला गाउँपालिका –२ रिदाकका ३५ वर्षीय छिरिङ भोटेसहित एक महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। पक्राउ परेकी महिलाको नाम भने सार्वजनिक गरिएको छैन।

भोटखोला गाउँपालिका–२ च्याम्ताङबाट गएराति दुई सय किलो दुर्लभ सालकको आखेटोपहारसहित पक्राउ परेका भोटखोला –२ का छिरिङ र एक महिलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेकालाई शुक्रबार साँझसम्ममा सदरमुकाम खाँदबारी ल्याइने प्रहरीले जनाएको छ। उनीहरूलाई सदरमुकाम ल्याएपछि पत्रकार सम्मेलन गरिने उक्त कार्यालयले बताएको छ।

प्रकाशित: Dec 29, 2023| 10:02 शुक्रबार, पुस १३, २०८०
प्रतिक्रिया दिनुहोस्