शुक्रबार, भदौ १९, २०८३

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ

 |  शुक्रबार, पुस १३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १३, २०८०

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौं जिल्ला अदालतमा शुक्रबार पनि सुनुवाइ हुने भएको छ। 

न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिए पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। 

यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेशसमेत गरेको थियो।

प्रकाशित: Dec 29, 2023| 08:48 शुक्रबार, पुस १३, २०८०
प्रतिक्रिया दिनुहोस्