शुक्रबार, भदौ १९, २०८३

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

 |  शुक्रबार, पुस १३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १३, २०८०

झापा- हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिकामा आज बिहान एकजनाको मृत्यु भएको छ। मृत्युहुनेमा शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राई रहेका  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

कार्यालयका प्रवक्ता खगेन्द्र रिजालका अनुसार  हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई आक्रमण गरेको र उनीको  घटनास्थलमा नै मृत्यु भएका थियो। 

हात्तीको तोडफोडबाट रु एक लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ। योसँगै झापामा चालू आर्थिक वर्षमा हात्तीको आक्रमणबाट चार जनाको मृत्यु भइसकेको छ। 

प्रकाशित: Dec 29, 2023| 08:14 शुक्रबार, पुस १३, २०८०
प्रतिक्रिया दिनुहोस्