सोमबार, चैत ३०, २०८२

जसको चौंरी हेर्दै हिउँमै बित्छ हिउँद

पशुपालक किसानलाई ‘न त घाम न त वर्षाले असर गर्छ’ भने झैँ यहाँका किसानलाई न त हिउँले रोक्न सकेको छ न त घामले नै छेक्न सकेको छ। हिउँ पर्न थालिसकेकाले यहाँका गोठ वरिपरि सेताम्मे हिउँ छन् यतिबेला।
 |  शनिबार, पुस ७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, पुस ७, २०८०

मनाङ- मनाङको गाउँघर पूर्ण रुपमा हिउँ नै हिउँले ढकमक्क ढाकेको छ। लेकको खर्कबाट बेँसी झारिएको चौँरीका गोठ पनि हिउँले ढाकिएका छन्। वरिपरि हिउँका ढिस्का छन्। यिनै हिउँका ढिस्काभित्र रहेका याकचौँरीका बथानसँग यहाँका किसान रमाइरहेका भेटिन्छन्।

National life

पशुपालक किसानलाई ‘न त घाम न त वर्षाले असर गर्छ’ भने झैँ यहाँका किसानलाई न त हिउँले रोक्न सकेको छ न त घामले नै छेक्न सकेको छ। हिउँ पर्न थालिसकेकाले यहाँका गोठ वरिपरि सेताम्मे हिउँ छन्, यतिबेला। यही गोठ वरपर सेताम्मे हिउँ हटाउँदै आएका मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका ६० वर्षीया याङ्चु खण्डा लामा गोठमै बसेर उमेर गुज्रिएको बताउँछन्।

सानो उमेरदेखि नै गोठ र याकचौँरीसँगै जीवन गुजार्दै आएको उनले बताए। उनले भने, 'चौँरी जता हामी पनि उतै जान्छौँ। चौँरीसँगै जीवन गुजारा चलाउँदै गएका छौँ। हाम्रो त छोराछोरी जस्तै हो याकचौँरी। यिनीहरुको स्याहारसुसारमै जीवन बितेका छ। हामी बूढाबूढी र चौँरी नै अहिलेका लागि समाज भएको छ।' बेँसीसहरबाट सामान बोकेर सामान ल्याउने र खाने गरिएको उनले सुनाए।

त्यस्तै ६१ वर्षीय निङ्मा सोनाम लामाले चौँरी गोठसँगै जीवन गुजारिएको थाहै नभएको बताए। उनले भने, “याकचौँरीको स्याहारसुसार गर्दागर्दै जीवन गुजिँदै गएको थाहा पाएन। यहीँ काम गर्दागर्दै बिहे र बालबच्चा हुर्कायौँ। अहिले हामी गोठमा छौँ। तर, छोराछोरी काठमाडौँ पठनपाठनका लागि पठाएका छौँ।’ १३ वर्षको उमेरदेखि गोठमा बस्न थालेका निङ्मा सोनामले गोठ सार्दा सार्दै बिहे भएको आफ्नो अनुभव सुनाए।

चिसो छल्न जान त मन लाग्ने तर, यी पशुचौपायलाई छाड्दा मर्न सक्ने हुँदा छाड्न नसकेको उनले बताए। उनले भने, ‘गोठसँगै जोडिएको छ हाम्रो जीवन। गोठमै बच्चा जन्माएर हुर्कायो। अहिलेसम्म पनि हामीले गोठ र याकचौँरीसँगै छ। तर, याकचौँरीपालन छाड्न सकेका छैनौँ। हाम्रा बालबच्चा जस्तै गरी माया गरे त हामीले आम्दानी लिन सकिन्छ नि ! आम्दानी राम्रो लिनका लागि नै त हो यिनको स्याहारसुसार गर्ने। त्यसैले गरिरहेका छौँ।’

kumari

chauri-1-1703245159.jpg

याकचौँरी बेचेर नै जीविकोपार्जन चलाउँदै आएको उनले बताए। मुख्य आयस्रोत नै याकचौँरी भएको उनले बताए। पहिले हामीले याकचौँरी २५ हजारदेखि ३५ हजारमा याकचौँरी बिक्री गरिन्थ्यो। तर अहिले याकको एक लाख ५० हजारसम्म र चौँरीको ९० हजारसम्म मूल्य पाउने गरेको उनले बताए। यहाँका पशुपालक किसानको आयस्रोत नै याकचौँरी हो।

त्यसैगरी, फुगाउँका कर्म तेन्जिङले हिउँ पर्न थालेपछि चिसो बढेपछि क्याङमा झरेको र पशुचौपायको स्याहारसुसारमा व्यस्त रहेको बताए। पशुपालन नै जीविकोपार्जनको स्रोत भएको उनले बताए। मनाङका अन्यत्र क्षेत्रमा याकचौँरीको छाला तथा ऊनबाट बनेको लुगा बनाउने कार्य लोप हुन लागेको उनले सुनाए।

फुगाउँका ङिमा एञ्जो लामाले भने, ‘हामी त यहीँबाट लुगा र दोचा बनाउछौँ। अहिलेका मानिसले त यस्तो लगाउन पनि खोज्दैनन्। हामीले जानेको सीप अहिलेका मानिसले सिक्नै खोज्दैनन्। लगाउन पनि रुचाउदैनन्।’ अहिले त जमाना फेरिएको उनले बताए। हिमाली जिल्ला मनाङका पशुपालक किसान चिसो बढेसँगै बेँसीमा गोठ झारे पनि गोठमै व्यस्त छन्।

मनाङमा यतिबेला चिसो ह्वात्तै बढेको छ। चिसो बढेसँगै यहाँका अधिकांश मानिस जाडो छल्न अन्यत्र जान्छन्। तर, चौँरीपालक किसान भने गोठमै रहन्छन्। चौँरीपालक किसानलाई न त जाडोले छेक्छ न त गर्मीले नै। विगतमा पशुपालन र कृषिमा मात्रै आत्मनिर्भर रहेको मनाङ हाल घट्दो क्रममा रहेको छ।

याकचौँरीपालनमा व्यस्त रहेका नार्पाभूमि गाउँपालिकाका निवर्तमान अध्यक्ष मिङ्मा छिरिङ लामालेसङ्घीयता आइसकेका तर यहाँसम्म विद्युत्, सडक, यातायात जस्ता आधारभूत आवश्यकताबाट वञ्चित रहेका बताए। उनले भने, ‘स्थानीय सरकारले आभारभूत आवश्यकता पूरा गर्न पहल गरिरहेका छौँ। तर, स्थानीय सरकारको बजेटले पूरा गर्न सकिँदैन रहेछ। माथिल्लो तहबाट सहयोग आवश्यक छ।’

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुञ्जो तेन्जिङ लामाले अन्य पालिकाको तुलनामा यस पालिकामा पशुपालन र कृषिमा नै आधारित रहेका बताए। अन्य क्षेत्रका मानिस जाडो छल्न अन्यत्र गए पनि यहाँका मानिस गाउँबाट तल भाग क्याङमा झरेर बसोबास गर्ने गरेका उनले बताए। तल्लो भागमा झरेर पशुपालन तथा पशुचौपायको स्याहारमा व्यस्त रहेको उनले बताए। यस क्षेत्रमा सडक अभाव रहेको उनले सुनाए। सडक सञ्जालसँग यहाँका बस्तीलाई सहज बनाउन सकिएमा सदरमुकाम सामान लिन जान र आउन दुई लाग्नेमा घट्ने उनले बताए। सडक सञ्जाल सहज हुनासाथ यहाँका बसाइमा सहजता आउनेछ।    -रासस

प्रकाशित: Dec 23, 2023| 11:22 शनिबार, पुस ७, २०८०
प्रतिक्रिया दिनुहोस्