शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • शिक्षा र स्वास्थ्यमा लगानी गरी मानव क्षमता अभिवृद्धि गर्न जोड दिएका छौं : परराष्ट्रमन्त्री साउद

शिक्षा र स्वास्थ्यमा लगानी गरी मानव क्षमता अभिवृद्धि गर्न जोड दिएका छौं : परराष्ट्रमन्त्री साउद

 |  मंगलबार, पुस ३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ३, २०८०

काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउदले आवधीक विकास योजनाहरूले शिक्षा र स्वास्थ्यमा उल्लेख्य लगानी गरी मानव क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकतालाई निरन्तर जोड दिएको बताएका छन्। 

triton college

नेपालले आफ्नो विकास योजना र कार्यक्रममा मानव विकासको अवधारणालाई समावेश गरेको भन्दै उनले आवधीक विकास योजनाहरूले शिक्षा र स्वास्थ्यमा उल्लेख्य लगानी गरी मानव क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकतालाई निरन्तर जोड दिएको बताएका हुन्।

‘मानव विकास सूचकांक अल्पविकसित देशबाट स्तनोत्तरी हुने तीन मापदण्डमध्ये एक हो र यो हामीले वर्षौंअघि पूरा गरेको पहिलो मापदण्ड थियो,’ साउदले यूएनडीपीले मंगलबार काठमाडौंमा आयोजना गरेको क्षेत्रीय मानव विकास प्रतिवेदन–२०२४ सार्वजनिक समारोहलाई सम्बोधन गर्दै भने। 

बाह्य र आन्तरिक दुवै कारणले गर्दा एसडीजीमा नेपालको प्रगति सहस्राब्दी लक्ष्य जत्तिकै स्थिर हुन नसकेको पनि सरकारको प्रतिबद्धता बलियो रहेको उनको भनाइ छ। 

‘बाह्य र आन्तरिक दुवै कारणले गर्दा एसडीजीमा नेपालको प्रगति सहस्राब्दी लक्ष्य जत्तिकै स्थिर हुन सकेको छैन। यद्यपि, हाम्रो प्रतिबद्धता बलियो छ,’ मन्त्री साउदले भने, ‘हाम्रो इमानदार प्रयास जारी छ। प्रतिवेदनले जलवायु परिवर्तनबाट उत्पन्न हुने खतरालाई पनि उजागर गरेको छ।’ 

corrent noodles
Metro Mart

जलवायु परिवर्तनको खतराको बारेमा कुरा गर्दै गर्दा हिमालय क्षेत्रका मुलुकहरुले भोगिरहेका गम्भीर समस्याहरुका बारेमा उचित ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले भर्खरै सम्पन्न कोप–२८ मा पनि उक्त विषय मुख्य सन्देश रहेको पनि बताए। 

सरकार युवालाई गुणस्तरीय शिक्षा, सीप अभिवृद्धि र उद्यमशीलताका लागि अनुकूल वातावरणको अवसर प्रदान गर्न प्रयासरत रहेको भन्दै परराष्ट्रमन्त्री साउदले उक्त मिशनमा युएनडीपी जस्ता महत्वपूर्ण साझेदारहरूबाट प्राप्त निरन्तर सहयोगको लागि सरकार आभारी रहेको पनि बताए। 

‘नेपालको जनसंख्यामा युवाहरुको बाहुल्यता रहेको छ र काम गर्ने उमेरको यो जनसंख्या हाम्रो सम्पत्ति हो,’ उनले भने, ‘हामी हाम्रा युवाहरूलाई गुणस्तरीय शिक्षा, सीप अभिवृद्धि र उद्यमशीलताको लागि अनुकूल वातावरणको अवसर प्रदान गर्न प्रयासरत छौं। हाम्रो यो मिशनमा हामी युएनडीपी जस्ता हाम्रा महत्वपूर्ण साझेदारहरूबाट प्राप्त निरन्तर सहयोगको लागि आभारी छौँ।’

प्रकाशित: Dec 19, 2023| 18:19 मंगलबार, पुस ३, २०८०
प्रतिक्रिया दिनुहोस्