सोमबार, मंसिर २९, २०८२

स्वास्थ्य बिमाका बिरामीले १० प्रतिशत आफैँ तिर्नुपर्ने

 |  सोमबार, पुस २, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस २, २०८०

चितवन- स्वास्थ्य बीमाका बिरामीले लागत साझेदारी (कोपेमेन्ट) गर्नुपर्ने भएको छ। स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि १० प्रतिशत बिरामीबाट उपचार खर्च लिने गरी कोपेमेन्ट गर्न लागेको हो।

National life

बोर्डका अध्यक्ष डा गुणराज लोहनीका अनुसार बीमा लागु भएका सबै अस्पतालमा कोपेमेन्ट लागु गरिँदैछ। सरकारी, सामुदायिक र निजी सबैखाले अस्पतालमा यो व्यवस्था लागु हुनेछ। लोहोनीले भने, 'यसले राज्यलाई आर्थिक भार कम गर्छ।' उनका अनुसार सबै स्वास्थ्य बीमाले समेट्दै गर्दा अनावश्यक प्रभावमा उपचार हुने गरेको गुनासो आइरहेको थियो।

बीमाको रकम बाँकी रहेको भन्दै बीमाकर्ताले आवश्यक नपर्दासमेत विभिन्न परीक्षणका लागि चिकित्सकलाई दबाब दिने गरेका छन्। कोपेमेन्ट लागु भएसँगै दबाब कम हुने अपेक्षासमेत गरिएको छ। कोपेमेन्ट लागु भएसँगै आवश्यकताअनुसार थप निजी अस्पताललाई समेत बीमामा समावेश गरिँदैछ। उनले भने, 'थप सेवा कहाँ आवश्यक छ हेरेर निजी र सामुदायिकलाई पनि दिने निर्णय गर्छौँ।'

अस्पतालमा एक महिनाका लागिमात्रै बीमाका बिरामीलाई औषधि दिने गर्दा भीड हुने गरेको छ। बिरामीलेसमेत दुःख पाउने गरेका छन्। उच्च रक्तचाप, मधुमेह, कोलस्ट्रोल, दमजस्ता रोगको नियमित खानुपर्ने औषधि तीन महिनाका लागि एकैपटक दिने व्यवस्था गरिएको डा लोहनीले जानकारी दिए।

माघ १ गतेदेखि यो व्यवस्था लागु हुनेछ। हाल अस्पतालले बीमाको सेवा दिएर पनि महिनौँ भुक्तानी नपाउँदा समस्या परेको जनाउँदै आएका छन्। डा लोहनीले बीमाको रकम दाबी गरेको एक महिनाभित्रमा भुक्तानी दिने गरी गृहकार्य थालिएको बताए। उनले भने, 'सेवा दिएपछि भुक्तानी दिनुपर्छ, एक महिनाभित्रमा भुक्तानी पाउने व्यवस्था हुन्छ।'

Laxmi sunrise bank
kumari

उनका अनुसार नेपालमा ३० लाख हाराहारी परिवार स्वास्थ्य बीमामा जोडिएका छन्। विसं २०७२ मा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा सुरुआत भएको यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले सञ्चालन गर्दै आएको छ। स्वास्थ्य बीमा ऐन, २०७४ जारी भई स्वास्थ्य बीमा नियमावली २०७५ समेत पारित भएर कार्यान्वयनमा आएको छ। रासस

प्रकाशित: Dec 18, 2023| 21:02 सोमबार, पुस २, २०८०
प्रतिक्रिया दिनुहोस्