सोमबार, मंसिर २९, २०८२

त्रिविबाट साढे १२ हजार विद्यार्थी दीक्षित, होला विश्व रेकर्ड ?

 |  सोमबार, पुस २, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस २, २०८०

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोहमा आज विभिन्न संकाय र तहमा उपाधि प्राप्त १२ हजार ४ सय १५ विद्यार्थी दीक्षित भएका छन्।

National life

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विद्यार्थीहरु दीक्षित भएका हुन्। त्रिविको ६१औं ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए। निवेदन दिएकामध्ये स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी दीक्षित भएका हुन्।

विश्वविद्यालयका कार्यवाहक उपकुलपति शिवलाल भुसालले २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने व्यवस्था गरिएको जानकारी दिए। गत वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए। उनले उत्तीर्ण विद्यार्थीलाई स्वदेशमै रोजगारीसहित टिकाउने चुनौती देखिएको स्थितिमा विश्वविद्यालयले शिक्षासँगै उद्यमशीलता अपनाउने प्रतिबद्धता व्यक्त गरे।

दीक्षान्त समारोहमा साढे १२ हजार विद्यार्थी दीक्षित भए पनि त्रिविमा कुल ७३ हजार विद्यार्थी उतीर्ण भएकोले उनीहरू सबै दीक्षित भएको मानिने त्रिविले दाबी गरेको छ। विश्वविद्यालयले विश्वमा नै धेरै विद्यार्थी दीक्षित गर्ने दाबी गर्दै ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा समेत आवेदन दिएको छ। यसका लागि गिनिज बुक अफ वर्ल्ड रेकर्डका प्रतिनिधि पनि नेपाल आएका छन्। उनीहरुले दीक्षान्त समारोहमा उपस्थित भएर प्रमाणित गरेको खण्डमा त्रिविको दिक्षान्तले गिनिज बुकमा नाम लेखाउनेछ।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 18, 2023| 14:24 सोमबार, पुस २, २०८०
प्रतिक्रिया दिनुहोस्