मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

गिनिज बुकमा नाम लेखाउँदै त्रिविको दिक्षान्त, कसरी ?

 |  सोमबार, पुस २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस २, २०८०

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले आज (सोमबार) ४९औं दीक्षान्त समारोहको आयोजना गरेको छ। दशरथ रंगशालामा समारोह आयोजना गरिएको छ। 

triton college

बिहान १० बजेदेखि विद्यार्थीहरूका लागि प्रवेश खुला गरिनेछ भने साढे ११ बजेबाट औपचारिक कार्यक्रम सुरू गर्ने कार्यक्रम रहेको छ। समारोहमा सहभागी हुने विद्यार्थीहरूले आ-आफ्नो गाउन/स्कार्फ/टोपी पहिरी समारोह स्थलमा प्रवेश गर्नुपर्ने र सिटिङ एरेन्जमेन्टअनुसार तोकिएको स्थानमा बसिसक्नुपर्ने त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ। 

दीक्षान्त समारोहमा साढे १२ हजार विद्यार्थी दीक्षित हुँदैछन्। तर, त्रिविमा कुल ७३ हजार विद्यार्थीहरू उतीर्ण भएकोले उनीहरू सबै दीक्षित भएको मानिने त्रिविले दाबी गरेको छ। 

विश्वविद्यालयले विश्वमा नै धेरै विद्यार्थी दीक्षित गर्ने दाबी गर्दै ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा समेत आवेदन दिएको छ। यसका लागि गिनिज बुक अफ वर्ल्ड रेकर्डका प्रतिनिधि पनि नेपाल आइसकेका छन्। उनीहरुले दीक्षान्त समारोहमा उपस्थित भएर प्रमाणित गरेको खण्डमा त्रिविको दिक्षान्तले गिनिज बुकमा नाम लेखाउनेछ।

प्रकाशित: Dec 18, 2023| 07:05 सोमबार, पुस २, २०८०
प्रतिक्रिया दिनुहोस्