शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ५१ जनालाई ठगी गरेका सर्लाहीका कोमलराज दुबईबाट पक्राउ 

५१ जनालाई ठगी गरेका सर्लाहीका कोमलराज दुबईबाट पक्राउ 

 |  शनिबार, मंसिर ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३०, २०८०

काठमाडौं- वैदेशिक रोजगारीका नाममा ठगी गरिरहेका सर्लाहीका कोमलराज उपाध्यायलाई दुबईबाट पक्राउ गरिएको छ। एनसीबी अबुधाबीको समन्वयमा उनलाई संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईबाट पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ। यसअघि उनको नाममा ठगी मुद्दामा ‘रेड नोटिस’ जारी भएको थियो। 

triton college

उपाध्याय समेत सञ्चालक रहेको दुबईस्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सिजले त्यहाँ आर्म्स गार्ड, डीपीएस सेक्युरिटीमा काम लगाइदिने भन्दै ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई शुक्रबार नेपाल फिर्ता ल्याइएको छ।

आकर्षक तलब र सुविधा हुने भनी सो कन्सल्टेन्सिजबाट प्रलोभन देखाउने गरिन्थ्यो । भिजिट भिसामार्फत नेपालबाट दुबई बोलाएर रोजगारीका निम्ति भन्दै ‘पीडित’बाट रकम लिइन्थ्यो । त्यसपछि भनेबमोजिम कुनै पनि रोजगारीमा नलगाई ठगी गरेको खुलेको प्रहरीले जनाएको छ।

त्यसरी ठगी गरेको भन्दै ५१ जनाले उपाध्यायविरुद्ध जाहेरी दरखास्त दिएका थिए। अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका निम्ति उनीविरुद्ध इन्टरपोल महासचिवालयबाट ०७९ वैशाख २७ गते रेड नोटिस जारी भएको थियो।

यसअघि पनि दुबईमै पक्राउ परेका थिए

corrent noodles
Metro Mart

यसअघि २०७८ सालमा भिजिट भिसाको आवरणमा नेपालबाट युनाइटेड अरब इमिरेट्स (यूएई) मानव तस्करी गर्दै आएको ‘गिरोह’का नाइके कोमलराज उपाध्याय पक्राउ परेका थिए। उनले भिजिट भिसामा दुवई पु-याएका एक नेपालीलाई अपहरण गरी दुवईमै बन्धक बनाएर कुटपिट गरेको खुलेपछि दुवई प्रहरीले उनलाई पक्राउ गरेको थियो।

दुवईस्थित नेपाली सेवामूलक संस्था नेपाल एसोसिएसनका युवा संयोजक भीम मल्ल ठकुरी, अन्तर्राष्ट्रिय नेपाली कलाकार संघ दुवईका अध्यक्ष एमडी बोहरा र सामाजिक अभियन्ता सनोज पौड्यालको सहयोगमा उपाध्याय पक्राउ परेका हुन्। उनले नेपालबाट रोजगारीका लागि दुवई पुगेका अमन थापालाई क्याम्पबाटै अपहरण गरी कुटपिट गरेका थिए। कुटपिटपछि ती युवालाई सबै नेपाली मिलेर उद्धार गरेका थिए।

सञ्चारमाध्यमलाई खबर दिएको भन्दै उपाध्याय समूहले निर्दोष युवालाई अपहरण गरेका थिए। दुवई प्रहरीले पक्राउ गरेपछि उपाध्यायलाई केही बेर हिरासतमा राखेको थियो।राहदानी नियन्त्रणमा लिएर उनलाई प्रहरीले शुक्रबार नै छाडेको छ। मानव तस्करीका नाइके तथा त्रिनेत्र म्यानेजमेन्ट एण्ड कन्सल्टेन्सिजका मालिक समेत रहेका उनले नेपालमा आफ्ना दलालहरुमाथि दुवईमा भएको नेपालीको सूचना लिएका थिए।सञ्चारमाध्यममा प्रकाशित बैंक भौचरका आधारमा दलालहरुले थापाको परिवारलाई धम्क्याएर सूचना लिएका थिए।

त्रिनेत्र म्यानेजमेन्टको नाममा दुवई पुगेका ६५ जना नेपाली एउटै क्याम्पमा भेटिएका थिए। ती नेपाली बिचल्लीमा परेपछि उद्धारका लागि नेपाल सरकारसमक्ष अनुरोध गरिएको थियो। 
 

प्रकाशित: Dec 16, 2023| 17:01 शनिबार, मंसिर ३०, २०८०
प्रतिक्रिया दिनुहोस्