शनिबार, असार २८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • अमेरिकाबाट ल्याइएको ५५ केजी गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद 

अमेरिकाबाट ल्याइएको ५५ केजी गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद 

 |  शनिबार, मंसिर ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३०, २०८०

vianetvianet

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५५ किलो गाँजा बरामद गरिएको छ।

शुक्रबार राति अमेरिकाबाट नेपाल ल्याइएको १०८ वटा कार्टुन गाँजा भन्सार जाँच हुनुअघि नै बरामद गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ।

विमानस्थल भन्सार कार्यालयका अनुसार ठूलो परिमाणमा गाँजा नेपाल ल्याइँदैछ भन्ने सूचनाका आधारमा विमानस्थलमा कडाइ गरिएको थियो। त्यस क्रममा एउटा फर्मको नाममा ल्याइएको कार्टुनहरुमाथि शंका लागेर चेक गर्दा गाँजा भेटिएको हो।

उक्त फर्म र गाँजाबारे थप अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोलाई जिम्मा लगाएको छ।

प्रकाशित: Dec 16, 2023| 16:50 शनिबार, मंसिर ३०, २०८०
प्रतिक्रिया दिनुहोस्