मंगलबार, कात्तिक ३, २०८३

आज राति कसरी हेर्ने ‘मिथुन’ उल्का वर्षा?

 |  बिहीबार, मंसिर २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २८, २०८०

काठमाडौं- आज राति आकाशमा उल्का वर्षा देखिने भएको छ। आकाश खुला रहेको अवस्थामा नेपालको जुनसुकै ठाउँबाट मिथुन उल्का वर्षा देख्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयले जनाएको छ।

संग्रहालयका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले यो जुनसुकै ठाउँबाट पनि खुला आँखाले हेर्न सकिनेछ। अत्यधिक सक्रिय समयमा प्रतिघन्टा १५० वटासम्म उल्का देख्न सकिने उनले बताए।

खगोलविदद्वारा ‘जेमिनिड्स’ नाम दिइएको यस उल्का वर्षालाई अमेरिकी अन्तरिक्ष अन्वेषण निकाय नासाले यस वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा भनेको छ। विभिन्न रङ्गमा देखिने यो उल्का वर्षा राति १२ बजेपछि पूर्वतर्फ फर्किएर हेर्दा देख्न सकिने छ। यो बिहान उज्यालो हुनुभन्दा अघिसम्म देख्न सकिनेछ।

वैज्ञानिकहरूका अनुसार जेमिनिड्स उल्का वर्षा हरेक वर्ष डिसेम्बर मध्यतिर हुन्छ। यस वर्ष यो २० डिसेम्बरसम्म हुनेछ। तर उत्कर्षमा पुग्ने आज राति र भोलि हो। त्यसैले यसलाई अवलोकन गर्ने उपयुक्त दिन आजलाई मानिएको छ।

प्रकाशित: Dec 14, 2023| 21:25 बिहीबार, मंसिर २८, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दसैं महिमा: नाम एक, महत्त्व अनेक

दसैं पर्वलाई दानवी शक्तिमाथि विजय हासिल गरेको दिनको खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने सांस्कृतिक मान्यता रहिआएको छ। ठूलाबडा र मान्यजनबाट टीका...