मंगलबार, कात्तिक ३, २०८३

मणिपाल अस्पतालबाट हराएका तनहुँका एक युवक मृत भेटिए

 |  बिहीबार, मंसिर २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २८, २०८०

पोखरा- मणिपाल शिक्षण अस्पतालबाट हराएका तनहुँका संगम मिश्र मृत भेटिएका छन्। तनहुँ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर १६ लामाचौर बस्दै आएका मिश्र गएको सोमबार अस्पतालबाटै हराएका थिए।

मिश्र हराएपछि खोजी गर्दा सेती नदीमाथिको पुलमा उनको परिचयपत्र र कपडा भेटिएको थियो। सेती नदीमा हाम फालेको आशंकामा उनका बुवाले प्रहरीलाई सेती नदीको बाँध खोलेर खोजी गरिदिन आग्रह गरेका थिए।

त्यसकै आधारमा बिहीबार मध्याह्न १२ देखि ४ बजेसम्म सेती बाँध खोलिएको थियो। त्यसक्रममा उनी मृत अवस्थामा भेटिएका हुन्।

उनको शवलाई पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Dec 14, 2023| 21:01 बिहीबार, मंसिर २८, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दसैं महिमा: नाम एक, महत्त्व अनेक

दसैं पर्वलाई दानवी शक्तिमाथि विजय हासिल गरेको दिनको खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने सांस्कृतिक मान्यता रहिआएको छ। ठूलाबडा र मान्यजनबाट टीका...