बुधबार, वैशाख १९, २०८१

बाराको सिम्रौनगढमा गोली चल्दा एक जनाको मृत्यु 

 |  बुधबार, मंसिर २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २७, २०८०

बारा- बाराको सिम्रौनगढमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। सिम्रौनगढ नगरपालिका कार्यालयमा प्रदर्शनकारीसँग झडप हुँदा प्रहरीले गोली चलाएको हो।

triton college

प्रहरीको गोली लागी गम्भीर घाइते भएका सिम्रौनगढ नगरपालिका वडा नं. १ नमसंग्राढाट बस्ने लखिन्द्र मुखियाको छोरा २५ वर्षीय लक्ष्मी मुखियालाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल लगिएको थियो। पछि चिकित्सकहरुले उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ।

झडपमा अरु १० जना प्रहरी समेत घाइते भएका छन्। पालिकाकी मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लैजाँदा एउटा समूहले अवरोध गरेपछि झडप भएको हो।

नगरपालिका कार्यालय परिसरको अवस्था अझै तनावग्रस्त रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 13, 2023| 19:20 बुधबार, मंसिर २७, २०८०
प्रतिक्रिया दिनुहोस्