बुधबार, वैशाख १९, २०८१
  • गृहपृष्ठ
  • समाज
  • जलवायु परिवर्तनको प्रभाव र नेपालमा व्यवसाय अनुकूलनसम्बन्धी प्रतिवेदन सार्वजनिक

जलवायु परिवर्तनको प्रभाव र नेपालमा व्यवसाय अनुकूलनसम्बन्धी प्रतिवेदन सार्वजनिक

 |  बुधबार, मंसिर २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २७, २०८०

काठमाडौं- नेपाल उद्योग परिसंघ (सीएनआई) र प्राइस वाटर हाउस कुपर्स (पीडब्लूसी) भारतले संयुक्तरूपमा तयार पारेको जलवायु परिवर्तनको प्रभाव र नेपालमा व्यवसाय अनुकूलन सम्बन्धि प्रतिवेदन सार्वजनिक गरिएको छ। सीएनआई र पीडब्लूसीले तयार पारेको अध्ययन प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरी सार्वजनिक गरिएको हो।

triton college

नेपालको अर्थतन्त्र र व्यवसायमा जलवायु परिवर्तनको प्रभाव सम्बोधन गर्ने नेपालको प्रयास र निजी क्षेत्रको पहलका रूपमा यसलाई महत्त्वपूर्ण मानिएको छ। 

अध्ययन प्रतिवेदनमा जलवायु परिवर्तनका कारण नेपालका ठूला तथा साना उद्योगहरूले सामना गर्ने जोखिम तथा समाधानका उपायहरू सुझाइएको छ। यसले व्यवसायलाई जलवायु परिवर्तनसँग अनुकूलन गर्न सहज वातावरण बनाउन, जोखिम न्यूनीकरण रणनीति अबलम्बन गर्न, मूल्य शृङ्खला एवं जलवायु अनुकूलनबाट उत्पन्न हुने अवसरहरू कसरी पुँजीकरण गर्न सकिन्छ भन्ने विषयहरू प्रतिवेदनमा समेटिएका छन्।

विश्वव्यापी जलवायु परिवर्तन र यसबाट नेपालले भोगेको असरका विषयमा नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रभावकारी ढंगले उठाउँदै आएको सन्दर्भमा निजी क्षेत्रले समेत यसलाई उच्च प्राथमिकता दिएको छ। जलवायु परिवर्तनबाट सिर्जित चुनौतीको सामना गर्न सरकार, नागरिक समाज, व्यावसायिक क्षेत्रबीचको सहकार्य महत्त्वपूर्ण छ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले प्रतिवेदनले नेपाली व्यवसायीहरूका लागि रोडम्याप तयार गर्न ठोस कदमहरू र योजनाहरूको रूपरेखा प्रस्तुत गरेको बताए। यसमा जोखिम न्यूनीकरण रणनीतिको रूपमा अनुकूलनलाई पछ्याउने र राष्ट्रिय जलवायु अनुकूलन प्रयासहरूलाई समर्थन गर्ने सरकार, बहुपक्षीय/द्विपक्षीय एजेन्सीहरू जस्ता विभिन्न सरोकारवालाहरूको भूमिकाका विषयहरू समेत समेटिएका छन्।

corrent noodles
Metro Mart

पीडब्ल्यूसी इन्डियाका प्रबन्ध निर्देशकजयवीर सिंहले जलवायु अनुकूलन व्यवसायका लागी एक जिम्मेवारी मात्र नभएर रणनीतिको आवश्यकता रहेको बताए। जलवायु परिवर्तन र यसको असरले बढ्ने लागत तथा अन्य जोखिम सहित यस परिवर्तनशील परिदृश्यलाई अनुकूलन गर्न सक्रिय भई व्यवसायीहरूलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए। यस प्रतिवेदनले एक लचिलो र दिगो व्यावसायिक वातावरण निर्माण गर्न सहयोग गर्ने उनले विश्वास व्यक्त गरे।

सीएनआईका उपाध्यक्ष निर्वाण चौधरीले विश्वव्यापी जलवायु परिवर्तनमा नगण्य भूमिका रहेको नेपाल जलवायु परिवर्तनबाट बढी प्रभावित राष्ट्रहरूमध्ये एक रहेको बताए। जलवायु परिवर्तनको असर निकै प्रतिकूल हुने हुँदा जोखिम न्यूनीकरण रणनीति बनाउन यो प्रतिवेदन महत्त्वपूर्ण हुने उनले बताए। यो प्रतिवेदन नेपाल सरकार, सरोकारवाला सबैलाई महत्त्वपूर्ण दस्तावेज हुने विश्वास गरिएको छ। साथै यसले व्यावसायिक सुरक्षा मात्र नभएर राष्ट्रको समग्र आर्थिकस्थिरतामा पनि योगदान पुर्‍याउने विश्वास गरिएको छ।

यो प्रतिवदेनले नेपाललाई जलवायु परिवर्तन अनुकूलनलाई बुझ्न र सम्बोधन गर्नका लागि महत्त्वपूर्ण मार्गनिर्देशन प्रदान गर्ने छ। यो रिपोर्ट व्यवसाय, नीति निर्माताहरू र संस्थाहरूका लागि जलवायु परिवर्तन अनुकूलन गर्न महत्त्वपूर्ण स्रोत हुने विश्वास गरिएको छ।

प्रकाशित: Dec 13, 2023| 20:20 बुधबार, मंसिर २७, २०८०
प्रतिक्रिया दिनुहोस्