बुधबार, कात्तिक ४, २०८३

फेरि विमानस्थलबाट अवैध सुनसहित एक भारतीय पक्राउ 

 |  बुधबार, मंसिर २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २७, २०८०

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५० वर्षीय जितेन्द्र मुलचन्द वावा छन्।

एयर अरेबियाको उडानमा चढेर सारजाहबाट काठमाडौं आएका उनको साथबाट १८० ग्राम अवैध सुन बरामद भएको विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए।

उनका अनुसार उनले सर्ट तथा पाइन्टका बटम बनाएर सुन ल्याएको खुलेको छ । पक्राउ परेका जितेन्द्रमाथि थप अनुसन्धान भइरहेको छ।

यसअघि विमानस्थलबाट गत बिहीबार राति १४ किलो सुन बरामद भएको थियो। त्यसैगरी मंसिर २४ गते आइतबार विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको थियो। 

प्रकाशित: Dec 13, 2023| 19:00 बुधबार, मंसिर २७, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दसैं महिमा: नाम एक, महत्त्व अनेक

दसैं पर्वलाई दानवी शक्तिमाथि विजय हासिल गरेको दिनको खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने सांस्कृतिक मान्यता रहिआएको छ। ठूलाबडा र मान्यजनबाट टीका...