बुधबार, वैशाख २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शहीद हेमन्त प्रधानको स्मृतिमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता पुष २६ देखि

शहीद हेमन्त प्रधानको स्मृतिमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता पुष २६ देखि

 |  मंगलबार, मंसिर २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २६, २०८०

काठमाडौं- शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेशस्तरीय खुला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

National life

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाका खेलाडीहरुले सहभागिता जनाउने भएका छन्।

सशस्त्र द्वन्दको समयमा २०५८ साल पुस २९ गते तत्कालिन माओवादीले घरमै हत्या गरेका प्रधानको सम्झनामा आफ्नै गृह नगर दोलखाको जिरीमा हुन लागेको प्रतियोगिता २९ गतेसम्म चल्ने कांग्रेस प्रदेश क सभापति शुक्रराज तामाङले जानकारी दिए।

प्रतियोगिताका विजेताहरुलाई क्रमस प्रथम पुरुस्कार नगद रु २ लाख, द्वतीय एक लाख, तृतीय ५० हजार र सान्त्वना नगद् ३० हजार सहित शिल्ड मेडल र पमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगिताको अवधिमा राष्ट्रिय स्तरका कलाकारहरुको उपस्थितिमा बृहत सास्कृतिक कार्यक्रम समेत आयोजना गरिने बताइएको छ।

kumari

प्रकाशित: Dec 12, 2023| 18:05 मंगलबार, मंसिर २६, २०८०
प्रतिक्रिया दिनुहोस्