बुधबार, वैशाख २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुन तस्करीमा थुनामा रहेकालाई छुटाइ दिने भन्दै एक करोड ठगी गर्ने दुईजना पक्राउ

सुन तस्करीमा थुनामा रहेकालाई छुटाइ दिने भन्दै एक करोड ठगी गर्ने दुईजना पक्राउ

 |  मंगलबार, मंसिर २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २६, २०८०

काठमाडौं- सुन तस्करी आरोपमा पुर्पक्षका लागि जेल चलान भएका आरोपीको मुद्दा मिलाई थुनामुक्त गरिदने भन्दै ठगी गर्ने दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भोजपुरको हतुवागढी–५ की २६ वर्षीया रितु राई र बर्दियाका निरेश चौधरी छन्।

National life

उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो।  

सीआईबीका एसपी नवराज अधिकारीका अनुसार आपराधिक विश्वासघात र संगठित अपराध मुद्दामा थुनामा रहेका सुर्खेतका रेवन्त खड्काको मुद्दा मिलाइदिने भन्दै उनीहरूले खड्काका बुबा अमरबहादुर खड्कासँग ९९ लाख ७५ हजार रुपैयाँ लिएका थिए।

रेवन्तलाई भेपमार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा सीआईबीले पक्राउ गरेको थियो। उनी त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा समेत हुन्।

सो प्रकरणमा जोडिएपछि पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पनि पुपर्क्षका लागि जेल चलान भएका थिए।

kumari

प्रकाशित: Dec 12, 2023| 17:32 मंगलबार, मंसिर २६, २०८०
प्रतिक्रिया दिनुहोस्