बुधबार, वैशाख २, २०८३

 आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा 

 |  मंगलबार, मंसिर २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २६, २०८०

National life
kumari

काठमाडौं- नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन्। उनले आजै दिउँसो ४ बजे वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेर राजीनामा बुझाएका हुन्।

उद्योग मन्त्री रमेश रिजालले थानीको राजीनामा आएको पुष्टि गर्दै स्वीकृत भने भइसकेको छैन। थानीलाई २०७८ फागुनमा सरकारले निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। 

थानी यसअघि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य र  इन्जिनियरिङ परिषद्का रजिस्ट्रार थिए।

प्रकाशित: Dec 12, 2023| 17:27 मंगलबार, मंसिर २६, २०८०
प्रतिक्रिया दिनुहोस्