शनिबार, साउन १२, २०८१

दुई किलो सुन प्रकरणः एक जना चिनियाँ नागरिक पक्राउ

 |  आइतबार, मंसिर २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २४, २०८०

काठमाडौं- नेपाल प्रहरीले गत बिहीबार नागढुङ्गाबाट बरामद भएको दुई किलोग्राम सुन प्रकरणमा चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

triton college

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बरामद सुन ओसारपसारमा संलग्न रहेको आरोपमा काठमाडौँको सोह्रखुट्टे बस्दै आएका २७ वर्षीय चिनियाँ नागरिक चेन झिउइलाई आज पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले सुन ओसारपसारमा संलग्न रहेको आरोपमा झिउइलाई पक्राउ गरेको जानकारी दिए। गत बिहीबार प्रहरीले बागमती प्रदेश–०१–०२८ च २६९७ नंको स्कोर्पियो गाडीको गियर बक्सबाट दुई किलो सुन बरामद गरेको थियो।

रसुवाबाट सुन लिएर काठमाडौँ आउँदै गरेका रसुवा गोसाइँकुण्ड गाउँपालिका घर भएका २८ वर्षीय ग्यालछिरिङ तामाङ, २६ वर्षीय बिरु तामाङ र १९ वर्षीय सुनिल भुजेललाई प्रहरीले बिहीबार नै पक्राउ गरेको थियो। तीनजनाको सूचनाका आधारमा आज थप एकजनालाई पक्राउ गरिएको प्रवक्ता रेग्मीले बताए।

प्रकाशित: Dec 10, 2023| 21:22 आइतबार, मंसिर २४, २०८०
प्रतिक्रिया दिनुहोस्