बिहीबार, असोज २, २०८२

एसिया कप क्रिकेट : नेपाल अफगानिस्तानसँग पराजित

 |  आइतबार, मंसिर २४, २०८०
machha bankmachha bank

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २४, २०८०

vianetvianet

काठमाडौं- एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्र्गत अफगानिस्तानविरुद्धको खेलमा युवा ब्याटर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरेता पनि नेपाल पराजित भएको छ। 

Kumaribank

 युएईको दुबइस्थित आइसिसी एकेडेमी २ मैदानमा आज भएको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो। यो हारसँगै प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना अत्यन्त न्यून भएको छ। यसअघि नेपाल पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो।

अफगानिस्तानको भने यो पहिलो जित हो। यसअघि भएको पहिलो खेलमा अफगानिस्तान भारतसँग सात विकेटले पराजित भएको थियो।  अफगानिस्तानले नेपाललाई जितको लागि  दुई  सय ६२ रनको लक्ष्य दिएको थियो। जवाफमा नेपाल ४० दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८८ रनमा समेटियो। 

नेपालका लागि कुमालले सर्वाधिक ९१ रनको योगदान दिएता पनि त्यो जितको लागि पर्याप्त बन्न सकेन। अर्जुनले एक सय आठ बल खेल्दै १३ चौकाको मद्दतमा ९१ रनको योगदान गरेका हुन्। अर्जुनबाहेक अन्य कुनै पनि नेपाली खेलाडीले उत्कृष्ट ब्याटिङ गर्न सकेनन् र अन्तत नेपाल पराजित हुन पुग्यो। 

 नेपाली टोलीका कप्तान देव खनालले २४ रन बनाए भने गुल्शन झाले १७ रन जोडे। त्यस्तै दीपक बोहराले १५, दीपेश कँडेलले ११, सुवास भण्डारीले आठ तथा  उत्तम मगरले चार रन बनाए। नेपाललाई एक सय ८८ रनमा समेट्ने क्रममा  अफगानिस्तानका फरिदुन दावुदजाई र नसिर खानले समान तीन/तीन विकेट लिए भने मोहम्मद युनिस जद्रानले दुई विकेट लिए। 

Metro Mart

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै दुई सय ६१ रनको योगफल बनाएको थियो। अफगानिस्तानको लागि जाम्शिद जद्रानले शतक प्रहार गरे। उनले  एक सय ५२ बलमा आठ चौकासहित एक सय छ रनको योगदान  गरे। त्यस्तै नौमान साह अघाले ६० रन बनाए। उनले  ४१ बलमा पाँच चौका र तीन छक्कासहित ६० रन बनाएका हुन्।

यसैगरी राहिमुल्लाह जुरमातीले ३५ रन बनाए भने वाफिउल्लाह ताराखिलले  १५ रन बनाए । तेस्तै  खालिद तानिवाल १० रन बनाए। नेपालका लागि हेमन्त धामी, गुलशन झा र सुवास भण्डारीले समान दुई/दुई विकेट लिए भने दीपेश कँडेल र आकाश चन्दले समान एक एक विकेट लिए। अब नेपालले आफ्नो तेस्रो खेल यही मङ्सिर २६ गते भारतसँग खेल्नेछ।

प्रकाशित: Dec 10, 2023| 19:52 आइतबार, मंसिर २४, २०८०
प्रतिक्रिया दिनुहोस्