सोमबार, वैशाख २४, २०८१

जसका लागि क्रिसमस पार्टी बन्यो काल

 |  आइतबार, मंसिर २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २४, २०८०

काठमाडौं- लमजुङको सुन्दरबजार नगरपालिका-८, डुडकुलामा क्रिसमस पार्टी आयोजना गरियो। सोही क्रिसमस पार्टी भोटेओडार बस्दै आएकी ३२ वर्षीया देवी परियारका लागि काल बनेको छ। 

triton college

भोज खाएकामध्ये ३८ जनाको सुन्दरबजारस्थित एडचडीसीएस–नमुना अस्पतालमा उपचार भइरहेको छ। एकजना बिरामी बेंसीसहरस्थित लमजुङ अस्पतालबाट पुरानो मेडिकल कलेज रिफर भएको छ।

एचडीसीएस–नमुदा सामुदायिक अस्पतालका अनुसार भोज खाएपछि सिकिस्त बिरामी परेका बेंसीसहर नगरपालिका-४, पुरानकोट घर भई हाल सुन्दरबजार नगरपालिका-९, भोटेओडार बस्दै आएकी ३२ वर्षीया देवी परियारको मृत्यु भएको हो। अस्पताल प्रमुख हेमन्त श्रेष्ठले आइतबार बिहानीपख ४–५ बजेतिर बेहोस् भएपछि उनलाई अस्पताल ल्याएको र अस्पताल ल्याउनेबित्तिकै डाक्टरहरुले मृत घोषणा गरेका थिए। उनका अनुसार भोज खाएपछि बिरामी भएका ३८ जनाको एचडीसीएस–नमुना अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ।

अस्पतालका अनुसार उपचार गराइरहेकामा १० जना पुरुष र २८ जना महिला छन्। यसमा १५ वर्ष मुनिका ३ जना बालिका र ८ जना बालक छन्।

शुक्रबार साँझ सुन्दरबजार-८, डुढकुलाका क्षेत्रबहादुर गुरुङ घरमा सोही ठाउँस्थित अनन्त सालोम चर्चमा आबद्ध सुन्दरबजार-८ र ९ बस्दै आएका स्थानीय क्रिसमसको अवसरमा क्यारल भोज (सामूहिक भोज) खाएका थिए। त्यसपछि घर गएका उनीहरुमा पखाला लाग्ने, बान्ता हुने, पेट दुख्ने, शरीर कमजोर भई काम्ने जस्तो लक्षण देखिएको थियो। उपचार र औषधिबिना घरमै बसिरहेका उनीहरुमध्ये मृत्यु भएका बिरामी गम्भीर भएपछि अस्पताल लगिएको र त्यसपछि बिरामी भएका सबैजना उपचारका लागि आएको अस्पतालले जनाएको छ।

corrent noodles
Metro Mart

उनीहरुले कालो दाल, भात, कुखुराको मासु, मुलाको अचार, गाउँघरको धाराको पानी खाएको बताएका छन्। करिब ४० जनाले भोज खाएको उनीहरुले बताएका छन्।

प्रकाशित: Dec 10, 2023| 17:50 आइतबार, मंसिर २४, २०८०
प्रतिक्रिया दिनुहोस्