बुधबार, वैशाख ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दक्षिण अफ्रिका पठाइदिने भन्दै १७ लाख ठगी गर्ने १८ वर्षीय युवक पक्राउ 

दक्षिण अफ्रिका पठाइदिने भन्दै १७ लाख ठगी गर्ने १८ वर्षीय युवक पक्राउ 

 |  आइतबार, मंसिर २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २४, २०८०

काठमाडौं- दक्षिण अफ्रिका पठाइदिने भन्दै १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–४ का १८ वर्षीय अन्जेश गिरी छन्।

National life

गएको शुक्रबार दिउँसो उनलाई काठमाडौं महानगरपालिका–९, सिनामंगलबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। अन्जेश काठमाडौं–७, गौरीघाटमा बस्दै आएका थिए।

थप अनुसन्धान र कारबाहीका निम्ति उनलाई वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ।

उनले विजय खत्री समेत दुईजनालाई वैदेशिक रोजगारीका निम्ति दक्षिण अफ्रिका पठाइदिने बताएका थिए। त्यसका निम्ति प्रतिव्यक्ति आठ लाख ५० हजार रुपैयाँ लाग्ने उनको भनाइ थियो। दक्षिण अफ्रिकामा प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक एक लाख २० हजार रुपैयाँ तलब हुने भन्दै उनले प्रलोभनमा पारेको प्रहरीले जनाएको छ।

‘पीडित’बाट पटक–पटक गरी १७ लाख रुपैयाँ रकम लिएर सम्पर्कविहीन भई उनले ठगी गरेको एसपी रेग्मीले जानकारी गराएका छन्।

kumari

प्रकाशित: Dec 10, 2023| 17:20 आइतबार, मंसिर २४, २०८०
प्रतिक्रिया दिनुहोस्