मंगलबार, पुस १, २०८२

एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित

 |  शुक्रबार, मंसिर २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २२, २०८०

काठमाडौं- एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको  पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ।

National life

जीतका लागि एक सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २६ दशमलव दुई ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो। पाकिस्तानको लागि आजन आविसले सर्वाधिक ५६ रनको योगदान दिए। उनले ६२ बलमा आठ चौकासहित ५६ रनमा अविजित रहे। 

त्यस्तै पाकिस्तानी कप्तान साद बैगले ५० रन बनाए। उनले ५६ बलमा पाँच चौकासहित ५० रन जोडेका हुन्। मोहम्मद जिशानले आठ बलमा दुई चौका र दुई छक्कासहित २० रनमा अविजित रहे। नेपालका लागि गुलशन झाले दुई विकेट लिए भने आकाश त्रिपाठीले एक विकेट झारे। 

त्यसअघि संयुक्त अरब ईमिरेट्स (युएई) स्थित दुबइको आइसिसी एकेडेमी २ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय ५२ रनको योगफल बनाएको थियो। नेपालका लागि उत्तम थापा मगरले अर्धशतक प्रहार गरे। उनले ७६ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ५१ रनको योगदान दिएका हुन। त्यसैगरी नेपालका दीपेश कँडेलले ३१ रन बनाए। उनले छैटौँ विकेटका लागि उत्तम थापामगरसँग ६८ रनको साझेदारी गरेका थिए। कँडेलले ५९ बलमा दुई चौका र एक छक्काको मद्दतमा ३१ रन बनाएका हुन्। 

सुरुआती ओपनर अर्जुन कुमालले २१ रन जोडे। उनले ३७ बलमा ३ चौका प्रहार गरे। खराब ब्याटिङ गरेको नेपालका लागि गुल्सन झा एक रनमै आउट हुँदा १७ ओभरमा ४६ रन जोड्दा नेपालले सुरुवाती पाँच विकेट गुमाएको थियो। 

Laxmi sunrise bank
kumari

 त्यसैगरी कप्तान देव खनालले १३ बल खेल्दा शून्यमा आउट भए। आकाश त्रिपाठी छ रनमा आउट हुँदा तिलक भण्डारीले सात रन जोडे। सुवास भण्डारीले अविजित आठ रन बनाए। बलिङतर्फ पाकिस्तानका मोहम्मद जिशानले छ विकेट लिए भने अमिर हसनले दुई विकेट झारे। उबेद शाह र अली असफन्दले समान एक एक विकेट लिए। नेपालले दोस्रो खेल यही मङ्सिर २४ गते अफगानिस्तानतसँग खेल्नेछ। 

प्रकाशित: Dec 08, 2023| 19:12 शुक्रबार, मंसिर २२, २०८०
प्रतिक्रिया दिनुहोस्