मंगलबार, असार २३, २०८३

सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात

 |  बिहीबार, मंसिर २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २१, २०८०

ताप्लेजुङ- ताप्लेजुङमा सामान्य वर्षासँगै जिल्लाका उच्च क्षेत्रमा हिमपात सुरु भएको छ। साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा सामान्य हिमपात सुरु भएको स्थानीयले बताएका छन्। 
 
वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका सदस्य पृथ्वी पालुंवाले बताउनुभयो। पाथीभरामा यो वर्ष दोस्रो पटक हिमपात भएको हो। यसअघि कात्तिकमा सामान्य हिमपात भएको थियो। हिउँ पर्न सुरु भएसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको पाथीभरा क्षेत्रमा काम गर्दै आउनुभएका राजेन्द्र महतले जानकारी दिए।
 
उता जिल्लाका उच्च क्षेत्र घुन्सालगायत ठाउँमा सामान्य वर्षा भएको छ भने चिसो बढेको छ। हिउँद लागे यता सदरमुकाम सहितका क्षेत्रमा सामान्य वर्षा हुँदा किसानलाई भने फाइदा पुगेको छ। वर्षाले हिउँदे बालीनालीमा सिँचाइ पुग्ने भएकाले किसानलाई फाइदा पुगेको हो।

प्रकाशित: Dec 07, 2023| 19:32 बिहीबार, मंसिर २१, २०८०
प्रतिक्रिया दिनुहोस्