बुधबार, असोज १, २०८२

के तातो पानीले कोलेस्ट्रोल घटाउँछ ?

 |  शुक्रबार, मंसिर २२, २०८०
machha bankmachha bank

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २२, २०८०

vianetvianet

तातो पानीका कैयौं फाइदा छन्। तातो पानी रक्तनली सफा गर्ने सबैभन्दा सजिलो तरिका हो। आयुर्वेदका अनुसार मानिसको शरीर मुख्य रुपमा ५० देखि ७० प्रतिशत पानीबाट बनेको हुन्छ। जस्तै- रगतमा ८३ प्रतिशत पानी हुन्छ। पातलो मांसपेशी ७५ प्रतिशत पानीले बनेको हुन्छ। हड्डीमा २२ प्रतिशत पानी हुन्छ। 

Kumaribank

मस्तिष्कमा ७४ प्रतिशत पानी हुन्छ। शरीरको बाहिरी भागमात्र नभएर भित्री अंगहरु सफा गर्ने काम पनि पानीले गर्छ। तातो पानी पिउँदा यसले शरीरका भित्री अंगहरुलाई डिटक्सीफाइड अर्थात् विषाक्तरहित पार्छ।

कोलेस्ट्रोलको कुरा गर्दा लिपिड रक्तनलीहरुमा टाँस्सिन्छन्। जब बढी चिल्लो या अस्वस्थकर चिज खाइन्छ, त्यसबाट बनेका लिपिड रक्तनलीमा टाँस्सिने हुन्छन्, जसले प्रारम्भिक रुपमा रक्तसञ्चार हुने मार्गलाई साँघुरो बनाइदिन्छन्। यसले मुटुमा दबाब पर्छ र शरीरका अन्य अंगमा रगत आपूर्तिमा अवरोध हुन्छ। यस्तो अवस्थामा तातो पानीले चिल्लो र अस्वस्थकर खानाबाट बन्ने लिपिडलाई सफा गर्छ र कोलेस्ट्रोलको तह कम गर्न मद्दत पुग्छ।

उच्च कोलेस्ट्रोल भएका मानिसका लागि तातो पानीका कैयौं फाइदा छन्। जस्तोः

- तातो पानीले रक्तनलीमा टाँस्सिएका फ्याट मोलिक्युल्सलाई पगालेर हटाउन मद्दत गर्छ र रक्तनली सफा पार्छ।

Metro Mart

- तातो पानीले रक्तनलीमा टाँस्सिएका लिपिड्सलाई सफा गरेर शरीरमा रक्त आपूर्ति सहज बनाउँछ।

- तातो पानीले ब्याड कोलेस्ट्रोलका लागि कारक मानिएको ट्राइग्लीसराइड्स कम गर्न मद्दत गर्छ।

- खाना खाएपछि तातो पानी पिउँदा शरीरमा कोलेस्ट्रोल जम्मा हुन दिँदैन।

- तातो पानीले धमनी र नसालाई शरीरमा पूर्ण रुपमा रगत फैलाउन मद्दत गर्छ, जसबाट शरीरका अंग स्वस्थ हुन्छन्।

- आयुर्वेदका अनुसार हाइ कोलेस्ट्रोलमा तातो पानी पिउने सही तरिका हो- बिहान खाली पेटमा पिउनु। पानी करिब १२० फरेनहाइट हुनुपर्छ। आवश्यकता अनुसार कागती, महजस्ता चिज मिसाउन सकिन्छ।

प्रकाशित: Dec 08, 2023| 05:21 शुक्रबार, मंसिर २२, २०८०
प्रतिक्रिया दिनुहोस्