मंगलबार, पुस १, २०८२

अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा आराधना

 |  बिहीबार, मंसिर २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २१, २०८०

गलकोट- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा विशेष पूजा आराधना गरेका छन्।

National life

मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा आज बागलुङ बजारमा आयोजित कार्यक्रमलाई सम्बोधनपछि अध्यक्ष ओली र उहाँकी श्रीमती राधिका शाक्यले कालिका मन्दिरमा विशेष पूजा आराधना गरेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिएका छन्। 

पूजा आराधनापछि कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष खड्काले काठबाट बनाइएको कालिका मन्दिरको मूर्ति उपहार दिएका थिए। अध्यक्ष ओलीसहित मन्दिर पुगेका एमाले उपमहासचिव प्रदीप ज्ञवालीलगायतको टोलीलाई गुठी व्यवस्थापन समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए। 

अध्यक्ष ओलीले मन्दिरमा राखिएको आगन्तुक पुस्तिकामा सुझावसहित हस्ताक्षर गरेका थिए।  बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रसिद्ध शक्तिपीठ भएको उल्लेख गर्दै अध्यक्ष ओलीले मन्दिर परिसरमा विवाह गरिरहेका जोडीलाई बधाई दिएका थिए। 

प्रकाशित: Dec 07, 2023| 18:51 बिहीबार, मंसिर २१, २०८०
प्रतिक्रिया दिनुहोस्