बिहीबार, वैशाख १०, २०८३

तोकिएकै स्थानमा बन्ने भो जंगलघाटको पुल

 |  बिहीबार, मंसिर २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २१, २०८०

अछाम- अछाम र सुर्खेतको सिमानामा पर्ने जंगलघाटमा ठेक्का लगाइएको पुलको निर्माण कार्य अगाडि बढ्ने भएको छ। 

National life

बुधबार अछाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह तथा अछाम र सुर्खेतका नागरिकबीच जंगलघाटमा भएको अन्तरक्रिया कार्यक्रममा शाहले अब तोकिएकै स्थानमा पुल बन्ने बताए।

जंगलघाटमा ठेक्का लगाएको पुल निर्माण कार्य अगाडि बढाउन मन्त्रीस्तरिय निर्णय भएको जानकारी गराउँदै उनले अब तोकिएको स्थानमा नै पुल बन्ने कुरा सुनिश्चित भएको बताए। अछाम र सुर्खेतको सिमानामा बन्न लागेको बेतन कर्णाली हाइड्रोपावरले जंगलघाटमा बन्न लागेको पक्की पुल हाइड्रोपावरका कारणले डुबानमा पर्ने समस्या देखाउँदै पुलको उचाइ बढाउनुपर्ने वा पुल अन्यत्र निर्माण गर्नुपर्ने बताउँदै आएको थियो। लामो समयको अवरोधपछि पुल बन्ने प्रक्रियामा गएको छ।

विसं २०७८ साउन ८  गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा लामा कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो। कर्णाली-बाबियाचौर-जंगलगाट-तुर्माखाद कमलबजार-गैरिटाड सडक यो वर्ष देशभरमा नौ वटा रणनीति सडकमा छनोट भएको छ। त्यसमा उक्त सडक खण्डलाई करिडोरका रूपमा अगाडि बढाउन पाँच अर्ब १८ करोड रूपैयाँ बजेटको सुनिश्चितता भएको शाहले जानकारी दिए।    -रासस

प्रकाशित: Dec 07, 2023| 19:21 बिहीबार, मंसिर २१, २०८०
प्रतिक्रिया दिनुहोस्