मंगलबार, असार २३, २०८३

अमेरिका पठाइदिन्छु भनेर ४५ लाख ठग्ने समातिए

 |  बिहीबार, मंसिर २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २१, २०८०

काठमाडौं- रोजगारीका लागि अमेरिका पठाइदिन्छु भनेर लाखौं रकम ठगी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने कैलालीको टीकापुर घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने २८ वर्षीय रमेश न्यौपाने हुन्। 

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बानेश्वरस्थित सिभिल अस्पतालबाट पक्राउ गरेको छ। पीडितले दिएको उजुरीका आधारमा उनी पक्राउ परेका हुन्।

पीडित गणेश अधिकारीसमेत पाँच जनालाई रोजगारीका लागि अमेरिका पठाइदिने बहानामा प्रतिव्यक्ति ४५ लाख लिने बताएर उनी प्रतिव्यक्ति ९ लाख लिई फरार भएका थिए। न्यौपानेलाई  थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 07, 2023| 17:49 बिहीबार, मंसिर २१, २०८०
प्रतिक्रिया दिनुहोस्