मंगलबार, पुस १, २०८२

सर्वोच्चमा प्रस्तावित न्यायाधीशविरुद्ध १० उजुरी

 |  बिहीबार, मंसिर २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २१, २०८०

काठमाडौं- सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस तीन जनाविरुद्ध १० वटा उजुरी परेको छ। न्यायपरिषद्बाट सर्वोच्चमा सिफारिस ६ न्यायाधीशमध्ये तीन जनाविरुद्ध उजुरी आएको संसदीय सुनुवाइ समितिले जनाएको छ।

National life

गत ५ मंसिरमा न्यायपरिषद्ले सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्चको न्यायाधीश पदमा सिफारिस गरेको थियो। सुवेदी, मुसलमान, पौडेल र ढुंगाना उच्च अदालतका न्यायाधीश हुन् भने पोखरेल र ढकाल वरिष्ठ अधिवक्ता हुन्।

पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपालविरुद्ध पनि एउटा उजुरी परेको छ। २३ कात्तिकमा मन्त्रिपरिषद्ले पोर्चुगलका नेपाली राजदूत सिफारिस गरेको थियो।

सातैजनाको सुनुवाइ प्रक्रिया अगाडि बढाउँदै समितिले ८ मंसिरमा उजुरी आह्वान गरेको थियो। समितिका अनुसार न्यायाधीशमा सिफारिस सुवेदीविरुद्ध ६, ढुंगानाविरुद्ध तीन र मुसलमानविरुद्ध एउटा उजुरी परेको छ। अधिकांश कार्यक्षमता र आचरणसम्बन्धी रहेको समितिका एक सदस्यले बताए।

प्रस्तावित व्यक्तिहरूविरुद्ध परेको उजुरी खोल्न बिहीबार बिहान ११ बजे समितिको बैठक बोलाइएको छ। प्रस्तावित राजदूत तथा सर्वोच्च अदालतका न्यायाधीशका नियुक्तिको प्रक्रियामा परेको उजुरी खोली सांसदहरूलाई वितरण गर्न बैठक आह्वान गरिएको समिति सचिव पाण्डेयले जानकारी दिए। उजुरीमाथि अध्ययन पनि प्रस्तावित व्यक्तिहरूको सुनुवाइ हुनेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 07, 2023| 11:47 बिहीबार, मंसिर २१, २०८०
प्रतिक्रिया दिनुहोस्