मंगलबार, पुस १, २०८२

कुवेतमा श्रम शोषणमा परेकी महिलाको उद्धार

 |  बिहीबार, मंसिर २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २१, २०८०

बेनी- रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा परेकी म्याग्दीको बेनी नगरपालिका-९ घतान काउलेगौडाकी हिराकुमारी चोखालको सकुशल उद्धार गरिएको छ। 

National life

आकर्षक तलबको प्रलोभनमा परेर भारत हुँदै  कुवेत पुगेकी ३३ वर्षीया चोखालले आफूमाथि चरम श्रम शोषण भएको भन्दै उद्धारको लागि अनुरोध गरेपछि म्याग्दी प्रवासी नेपाली सङ्घ मोना कुवेत, मोना अन्तर्राष्ट्रिय, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कुवेत लगायतले उनको उद्धार लागेका थिए। 

कुवेतबाट नेपाल फर्किएकी चोखाल बुधबार आफ्नो घरमा आइपुगेकी छिन्। खाडी मुलुकमा शोषणमा परे पनि गुहार मागेर सकुशल घर फर्कन सफल भएकी चोखाललाई घर-परिवार र छिमेकीले फूलमाला लगाएर स्वागत गर्दै खुसी बाँडेका थिए।

करिब आठ महिनाअघि जटिल रोगबाट ग्रसित श्रीमान्‌को उपचार र छोराछोरीको शिक्षादीक्षाका लागि भारत हुँदै कुवेत पुगेकी चोखाल घरेलु काममा चरम शोषणमा परेकी थिइन्। 

दैनिक १८ घण्टासम्म काममा लगाउने र मानसिक तथा शारीरिक यातना दिने गरेको र समयमा पारिश्रमिक समेत नदिएपछि आफूले उद्धारको लागि अपिल गरेको उनले बताइन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 07, 2023| 08:06 बिहीबार, मंसिर २१, २०८०
प्रतिक्रिया दिनुहोस्