मंगलबार, पुस १, २०८२

कस्तो छ आज दिनभरको मौसमी पूर्वानुमान ?

 |  बिहीबार, मंसिर २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २१, २०८०

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुका साथै भारतको तेलंगनाको उत्तरी भाग तथा छत्तीसगढको दक्षिण भागमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ।

National life

अहिले कोशी प्रदेश, मधेश तथा बागमती प्रदेशका साथै देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागको मौसम सामान्यता सफा रहेको छ।

महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सफा रहने जनाएको छ।

यस्तै, कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ।

पश्चिमी वायुको प्रभावका कारण देशभर तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट पर्न सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 07, 2023| 07:34 बिहीबार, मंसिर २१, २०८०
प्रतिक्रिया दिनुहोस्