आइतबार, भदौ २१, २०८३

भीरबाट ट्याक्टर खस्दा दुई जनाको ज्यान गयो

 |  सोमबार, मंसिर १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १८, २०८०

मकवानपुरको हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका–१६ पानीस्वारामा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो।

मृत्यु हुनेमा ट्याक्टर चालक बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर १३ का २६ वर्षीय डिलम थिङ र हेटौंडा १६ का ५६ वर्षीय जित बहादुर थिङ रहेका छन्।

पानीस्वारा स्थित कच्चा सडकमा मधेश प्रदेश ०३–००१ त ६९८७ नम्बरको ट्याक्टर अनियन्त्रित भई भीरबाट करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित: Dec 04, 2023| 08:12 सोमबार, मंसिर १८, २०८०
प्रतिक्रिया दिनुहोस्