मंगलबार, पुस १, २०८२

३५ हजार बोकेर हराएका बालक १० दिनमा भेटिँदा...

 |  सोमबार, मंसिर १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १८, २०८०

काठमाडौं- दाङबाट हराएका एक बालक १० दिनपछि काठमाडौंमा भेटिएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ गणेशपुरका १२ वर्षीय आनन्द रेग्मी मंसिर ८ गते बिहान करिब साढे १० बजेदेखि सम्पर्कविहीन थिए।

National life

कक्षा ६ मा पढ्दै गएका उनी हराएपछि परिवारले खोजीका लागि तुलसीपुर प्रहरीलाई आग्रह गरेका थिए। आनन्दका बुबा जीवराजका अनुसार घरबाट छोरा र ३५ हजार रुपैयाँ हराएको थियो।

प्रहरीले आनन्दको खोजीका लागि आनन्दको फोटो सार्वजनिक गरेको थियो। तस्बिर देखेका एक जना गाडीका कर्मचारीले आनन्द काठमाडौंको माछापोखरीमा झरेको सूचना प्रहरीलाई दिएका थिए।

त्यसपछि बाबु जीवराजले काठमाडौंका विभिन्न प्रहरी चौकीमा छोराको खोजीका लागि निवेदन दिएका थिए। तर पनि उनी फेला परेका थिएनन्।

आइतबार काठमाडौंको बसपार्क क्षेत्रमा हिँडिरहेका बेला आनन्द फेला परे। प्रहरीका अनुसार घरबाट ३५ हजार रुपैयाँ साथमा लिएर आनन्द निस्केका थिए।

Laxmi sunrise bank
kumari

प्रहरीसँग उनले बताएअनुसार सुरुमा उनी काठमाडौं आएछन् र फर्केर नेपालगन्ज गएछन्। त्यसपछि उनी सुर्खेतको वीरेन्द्रनगर गएछन्। त्यहाँ चार हजार रुपैयाँमा साइकल पनि किनेका रहेछन्। बसमा साइकल राखेर उनी फेरि त्यहाँबाट काठमाडौं आएका थिए। यहाँ एक आफन्तले उनलाई फेला पारेका हुन्।

प्रकाशित: Dec 04, 2023| 08:04 सोमबार, मंसिर १८, २०८०
प्रतिक्रिया दिनुहोस्