शनिबार, साउन १२, २०८१

यसरी पत्ता लगाउन सकिन्छ शरीरमा रगतको कमी

 |  सोमबार, मंसिर १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १८, २०८०

के तपाईंलाई प्रायः थकान लाग्ने गर्छ अथवा स्वास लिन गाह्रो महसुस हुन्छ ? वा अनुहार, छाला पहेंलिदै गएको छ ? यदि हो भने रगतमा आइरनको कमी हुन सक्छ। जो प्रायः पोषणको कमीबाट हुने समस्या हो।

triton college

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर लगभग ३० प्रतिशत व्यक्ति एनीमिया अर्थात् रगतको कमीबाट ग्रसित हुन्छन्। यो यस्तो स्थिति हो जसमा शरीरको रातो रक्त कोशिकाहरुमा खनिज पदार्थको कमी हुन जान्छ जसका कारण कोशिकासम्म थोरै मात्रामा मात्र अक्सिजन पुग्छ। तर उक्त स्थितिको जाँच र उपचार भने स्वयं गर्नु  हुँदैन। किनभने यसप्रकारको लक्षण अर्को समस्याको कारण पनि हुन सक्छ भने अतिरिक्त आइरन खानाले कलेजोमा समस्या हुन सक्छ।

यी लक्षण देखिएमा चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ:
– धेरै थकान तथा उर्जाको कमी
– स्वास लिन गाह्रो
–मुटुको धड्कन बढ्नु
– अनुहारमा पहेलोपन देखिएमा
–टाउको दुख्नु र रिंगटा लाग्नु
– जिब्रो सुन्निनु र दुख्नु
– कपाल धेरै झर्नु
– कागजजस्तो अखाद्य पदार्थको सेवन गर्ने इच्छा हुनु
–  नङ बिग्रनु, सड्नु
– खुट्टा बारम्बार हल्लाउने बानी

चिकित्सकका अनुसार एनिमिया हुने विभिन्न कारणहरु हुनसक्छ। तर यसको मूल कारण भनेको खानपानमा आइरनको कमी हुनु हो। किनभने हाम्रो शरीरले आफैं यी खनिज उत्पन्न गर्न सक्दैन। आइरनयुक्त खाद्य पदार्थ खाएर शरीरमा आइरनको पूर्ति गर्न चाहे पनि व्यक्तिको शरीरले सबै प्रकारको आइरन ग्रहण गर्न सक्छ कि सक्दैन भन्ने बुझ्न जरुरी हुन्छ।

आइरन, हेम र ननहेम दुई प्रकारको हुन्छ। हेम आइरन रातो मासु, कलेजो, अण्डा र माछामासुबाट प्राप्त हुन्छ, जसलाई सजिलै पचाउन सकिन्छ। यसको साथै हरियो रंगको पत्ता भएको तरकारीजस्तै पालुंगो र दालहरुमा पनि आइरन पाइन्छ तर यो ननहेम आइरन हो।

Metro Mart
vianet

तरकारीबाट प्राप्त आइरनलाई धेरै पचाउन सकिन्न। यसका साथै खनिज पदार्थयुक्त ब्रेड, ओट्सहरुमा पनि आइरन हुन्छ तर यी पनि पचाउन सक्ने स्वरुपमा हुन्ँदैन किनभने यी खानेकुराहरु कसरी तयार गरिन्छ र यससँग पिउने पानी वा अन्य पेय पदार्थले फरक पार्छ, कि व्यक्तिले यसबाट कति आइरन प्राप्त गर्यो।

बीबीसी हिन्दिले न्यूट्रिसन साइन्टिस्ट पल शार्पसँग यसा विषयमा कुरा गरेर एक रिपोर्ट तयार पारेको छ। जस अन्तर्गत खाना पचाउनुमा उपलब्ध एन्जाइम्सको असर र आँतको कोशिकाहरुमा हुने केमिकल रियाक्शनले थाहा पाउन सकिन्छ कि शरीरले कति आइरन ग्रहण गर्न सक्छ।

न्युट्रिशन पलले यस विषयमा रिसर्च गरेका थिए। जसमा विहानको नास्तामा सुन्तलाको जुस खाँदा यसले अनाज खानुको तुलनामा अधिक आइरन प्राप्त हुन्छ। सुन्तलाको जुसमा भिटामिन सी हुन्छ, जसले शरीरको लागि खानाको साथै आइरन लिन सजिलो हुन्छ। तर यदि बिहान अनाजसँगै कफी खानुहुन्छ भने यसले शरीरलाई कम आइरन प्राप्त हुन्छ।

यस्तो किन हुन्छ त ? पल भन्छन्, 'कफीमा पलीफेनोल्स नामको एक केमिकल हुन्छ जसले आइरनको घुलनशीलता कम गर्छ। यदि बिहानको नास्तामा सन्तुलित आहार लिने हो भने यससँगै एक सानो गिलास सुन्तलाको जुस खानु वा दाना सुन्तला खानु आइरनको हिसाबले फाइदाजनक हुन्छ। खाजा खाएको ३० मिनेटपछि कफी खान सकिन्छ।

बन्दागोभी आइरनको राम्रो स्रोत मानिन्छ। पल भन्छन्, 'तर हामीले के पायौं भने तताउनाले यसको आइरनमा कमी आउन सक्छ। किनभने सुन्तलाजस्तै बन्दागोभीमा भिटामीन सी अधिक मात्रामा हुन्छ। जब यसलाई उमालिन्छ भने भिटामीन सी पानीमा जान्छ। बन्दागोभीको सबै न्यूटिशन प्राप्त गर्नको लागि यसलाई काँचो अथवा स्टीम गरेर खानुपर्छ। उनी भन्छन्, 'आइरन र भिटामिन सी युक्त अन्य तरकारीलाई पनि यसै गरी खानुपर्छ।' तर पालुंगो भने उमालेपछि झन् ५५ प्रतिशत अधिक प्रयोगका लागि आइरन प्राप्त गर्छ। पलका अनुसार पालुंगोमा अक्सेलेन्ट हुन्छ जसले आइरनलाई बाँध्ने काम गर्छ।
- बीबीसी हिन्दीको सहयोगमा

प्रकाशित: Dec 04, 2023| 05:21 सोमबार, मंसिर १८, २०८०
प्रतिक्रिया दिनुहोस्