मंगलबार, पुस १, २०८२

सवारी दुर्घटनामा तीनको मृत्यु, दुईजना मृत फेला

 |  आइतबार, मंसिर १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १७, २०८०

नवलपरासी पश्चिम, सुनवल नगरपालिका-१ स्थित सडकमा लु.५६ प ४२४८ नम्बरको मोटरसाइकल र लु.४ त ८४०६ नम्बरको ट्याक्टर एक-आपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भारत कुशीनगर शिवपुर मठिया बस्ने २२ वर्षीय राहुल गुप्ताको मृत्यु भएको छ।

National life

दुर्घटनामा गम्भिर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-११ जमुवाडमा लु.१२ प १०९४ नम्बरको मोटरसाइकल लु.१ ख ६६०३ नम्बरको तेल ट्याङकरमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक म्याग्दी बस्ने ३१ वर्षीय याम प्रसाद बिकको मृत्यु भएको छ। दुर्घटनामा गम्भिर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो।

ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तनहुँ, म्याग्दे गाउँपालिका-६ मौरीबजारस्थित सडकमा बा.प्र ०१-००६ ख २८६१ नम्बरको ट्रकले ग.१७ प ६५९७ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार भिमाद नगरपालिका-९ ठामडाँडा बस्ने २६ वर्षीया सुक माया बिकको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको जिपि कोईराला श्वास प्रश्वास केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको छ। साथै ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

मृत फेला
सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-३ भेडाबारीमा सोही ठाउँ बस्ने १७ वर्षीय फुलकाजी तामाङ शनिबार मृत अवस्थामा फेला परेका छन्।

Laxmi sunrise bank
kumari

कपिलवस्तु, बुद्धभूमि नगरपालिका-१० स्थित चेतरादेही सामुदायिक वनको बाणगंगा खोला बगरको बयर घारीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Dec 03, 2023| 12:26 आइतबार, मंसिर १७, २०८०
प्रतिक्रिया दिनुहोस्