बिहीबार, असार २५, २०८३

कुचोको डाँठले हिर्काउँदा बुबाको मृत्यु, छोरा पक्राउ

 |  आइतबार, मंसिर १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १७, २०८०

आफ्नै बुवा ६० वर्षीय होम बहादुर दराईको हत्या गरेको अभियोगमा नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका-१० टाँडी बस्ने ३५ वर्षीय रुपेश दराईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

रूपेशले कुचोको डाँठले हिर्काउँदा गम्भीर घाईते भएका होम बहादुरको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अरूणखालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
 

प्रकाशित: Dec 03, 2023| 12:24 आइतबार, मंसिर १७, २०८०
प्रतिक्रिया दिनुहोस्