बिहीबार, असार २५, २०८३

साथीहरुसँग सिकार गर्न गएका युवकको गोली लागेर मृत्यु

 |  आइतबार, मंसिर १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १७, २०८०

भरूवा बन्दुक पड्किँदा दोलखामा एक युवकको मृत्यु भएको छ। तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेस्थित जंगलमा २२ वर्षीय सञ्जिव कार्कीको शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

भरूवा बन्दुक लिएर कार्कीसहित सात जना शनिबार राति घर नजिकै जंगलमा सिकार खेल्न गएका थिए। कार्कीले भरूवा बन्दुक पड्काउँदा आफैंलाई लागेको थियो। 

शनिबार राति करिब ११ बजेतिर घटना भएको बताइएको छ। प्रहरीले ६ जनालाई नै नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। 
 

प्रकाशित: Dec 03, 2023| 12:10 आइतबार, मंसिर १७, २०८०
प्रतिक्रिया दिनुहोस्