मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • दुइटा मोटरसाइकल ठोक्किँदा उछिट्टिएका यात्रुको बसले किचेर मृत्यु

दुइटा मोटरसाइकल ठोक्किँदा उछिट्टिएका यात्रुको बसले किचेर मृत्यु

 |  आइतबार, मंसिर १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १७, २०८०

National life
Laxmi sunrise bank
kumari

सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्गको बागमती नगरपालिका-४ पुरानो चौकीमा शनिबार साँझ दुई मोटरसाइकल ठोक्किँदा उछिट्टिएर खसेका एक जनाको बसले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय सुनिल लामा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको हो। प्र २ ०३ ००६ प ६७ नम्बर र बा २ ब ५७६६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।

मोटरसाइकलबाट उछिट्टिएर खसेका​ लामालाई मलंगवाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख १८३६ नम्बरको बसले किचेको थियो। दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Dec 03, 2023| 11:17 आइतबार, मंसिर १७, २०८०
प्रतिक्रिया दिनुहोस्