मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • दुर्गा प्रसाईंले घोषणा गरे अर्को आन्दोलन, समानान्तर सत्ता चलाउने

दुर्गा प्रसाईंले घोषणा गरे अर्को आन्दोलन, समानान्तर सत्ता चलाउने

 |  आइतबार, मंसिर १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १७, २०८०

काठमाडौं- व्यवस्था परिवर्तनको उद्देश्यका साथ सडकमा उत्रिएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँले मंसिर ३० गतेभित्र नागरिक सरकार घोषणा गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सत्ताको अभ्यास थाल्ने दाबी गरेका छन्।

National life

आइतबार पत्रकार सम्मेलन गरी अबको आन्दोलन विकेन्द्रित हुने बताउँदै प्रसाईँले फागुन १ गतेबाट व्यवस्था परिवर्तनको आन्दोलन निर्णायक बनाउने बताए। उनले फागुन १ गते वसन्तपुरमा दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने सुनाए।

नागरिक सरकारमा राष्ट्रवादी शक्तिहरु, युट्युबर भनेर हेपिएका मूलधार बाहिरका सञ्चारकर्मीहरुलाई समेत समेटिने प्रसाईले बताए। उनले भने- झापामा राजाले मेचीमा बालेको दियो फागुन १ गते वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्छौँ। अब यो व्यवस्था परिवर्तन हुन्छ।

प्रसाईँले आफ्नो पहिलो चरणको आन्दोलनको उपलब्धि सुनाउँदै यो चरणमा युवा संघको दादागिरी पराजित गर्न सकिएको दाबी गरे। उनले आफ्नो कारण तरुण दल र वाइसिएलजस्ता अरु दलका युवाले राहत महशुस गरेको बताए। प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र पनि चुप लागेर दरबारभित्र बस्न छाडेर जनताको आँशु पुछ्न सडकमा आउनुपर्ने बताए।

मंसिर ७ गते काठमाडौंमा प्रदर्शन गरेका प्रसाईंको आन्दोलन केही दिनमै शिथिल बनेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 03, 2023| 11:05 आइतबार, मंसिर १७, २०८०
प्रतिक्रिया दिनुहोस्