शुक्रबार, वैशाख २६, २०८२

दुई करोडको टिकट चोरी घटनामा थप एक जना पक्राउ

 |  शनिबार, मंसिर १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १६, २०८०

vianetvianet

काठमाडौं- जियोल्याण्ड ट्राभल्स एण्ड टुर प्रालिको युजर आईडी ह्याक गरेर दुई वटा एयरलाइन्सको टिकट चोरी गरेको घटनामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप एक जनालाई पक्राउ गरेको छ। 

triton college

पक्राउ पर्नेमा मस्याङ्दी ट्राभल्सका सञ्चालक तथा पर्वत घर भएका ४७ वर्षीय हरिप्रसाद सुवेदी रहेको सीआईबीका सहायक प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए। 

उनले भने, ‘जियोल्याण्ड ट्राभल्सको युजर आईडी ह्याक गरेर दुई वटा एयरलाइन्सको टिकट चोरी गरेको घटनामा सुवेदीलाई पक्राउ गरिएको छ। उनीविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिन नहुने कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको छ।’

यसअघि यही मङ्सिर ६ गते ब्युरोको टोलीले सामाखुसीस्थित मस्याङ्दी ट्राभल्सका म्यानेजर नारायण सुवेदीलाई पक्राउ गरेको थियो। आरोपीहरुले बालुवाटारस्थित जियोल्याण्डको युजर आईडी ह्याक गरेर जजिरा र एयर अरेबियाको टिकट चोरी गरेको आरोप छ। 

ह्याकरहरुले पटकपटक गरेर एक करोड ९९ लाख ८२ हजार रकम बराबरको टिकट चोरी गरेको ब्यूरोको अनुसन्धानबाट खुलेको प्रवक्ता कुँवरले बताए। उनले भने, ‘अहिलेसम्म कम्तीमा पनि तीन सय ३७ नेपाली र विदेशी नागरिकका नाममा अवैध तरिकाले टिकट चोरी गरेको भेटिएको छ।’ 

National life insurance

प्रकाशित: Dec 02, 2023| 21:32 शनिबार, मंसिर १६, २०८०
प्रतिक्रिया दिनुहोस्