शनिबार, साउन १२, २०८१

रुपन्देहीमा २ जनाको मृत्यु भएपछि स्कुल बसमा आगजनी

 |  शनिबार, मंसिर १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १६, २०८०

काठमाडौं- रुपन्देहीमा शनिबार बिहान स्कुल बसको ठक्करबाट २ जनाको मत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। 

triton college

प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–४ महुवारी लुम्बिनी ककरहवा सडकखण्डमा बिहान सूर्यपुरा ३ सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ४ कै २१ वर्षीय मोहम्मद इर्साद र १६ वर्षीया रुबिना खातुनको मृत्यु भएको हो। यसैगरी दुर्घटनामा स्थानीय १७ वर्षीया अप्सना खातुन गम्भीर घाइते भएकी छन्।

उनको अहिले भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ। घटनापछि बस चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले बताएको छ। घटनापछि आक्रोशित स्थानीयले ठक्कर दिने बस जलाउँदै सडकमा प्रदर्शन गरिरहेका छन्।

प्रकाशित: Dec 02, 2023| 11:42 शनिबार, मंसिर १६, २०८०
प्रतिक्रिया दिनुहोस्