बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बागमती प्रदेश प्रमुखको कार्यभार गण्डकीका पृथ्वीमान गुरुङलाई

बागमती प्रदेश प्रमुखको कार्यभार गण्डकीका पृथ्वीमान गुरुङलाई

 |  शनिबार, मंसिर १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १६, २०८०

काठमाडौं- बागमती प्रदेश प्रमुखको कार्यभार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले पाएका छन्।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा चीन भ्रमणमा जाने भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले बागमती प्रदेश प्रमुखको कार्यभार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई तोकेका हुन्।

बागमती प्रदेश प्रमुख शर्मा मंसिर १६ गतेदेखि मंसिर २१ गतेसम्म चीन भ्रमणमा जाने कार्यक्रम तय भएको छ।

बागमती प्रदेश प्रमुखको अनुपस्थितिमा प्रदेश प्रमुखले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने जिम्मेवारी गण्डकी प्रदेश प्रमुख गुरुङलाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ।

bagmati_uS2pTWZzha-1701496412.jpg

प्रकाशित: Dec 02, 2023| 11:39 शनिबार, मंसिर १६, २०८०
प्रतिक्रिया दिनुहोस्