शनिबार, वैशाख १२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • जनसंख्या संकट टार्न ८ सन्तान जन्माउन रुसी राष्ट्रपतिको आग्रह

जनसंख्या संकट टार्न ८ सन्तान जन्माउन रुसी राष्ट्रपतिको आग्रह

 |  शनिबार, मंसिर १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १६, २०८०

काठमाडौं- रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जनसंख्याको संकट टार्न एकजना महिलाले कम्तीमा ८ सन्तान जन्माउनुपर्ने बताएका छन्। पुटिनले आगमी केही दशकसम्म जनसंख्या बढाउने लक्ष्यसहित रुसी महिलाले बच्चा जन्माउने दर बढाउनुपर्ने बताएका हुन्। 

National life

उनले अहिले पनि कैयौँ रुसी नागरिक सामूहिक परिवारमा विश्वास राख्ने बताउँदै अहिले पनि उनीहरूले चारदेखि पाँच सन्तान जन्माइरहेको जिकिर गरे। तर अब यो दरलाई बढाएर एक महिलाले ८ जनासम्म सन्तान जन्माउनुपर्ने पुटिनले बताए।

पुटिनले आफूहरूका हजुरआमा, जिजुआमाहरूले ८ सन्तान जन्माएको बताउँदै अबको पुस्ताले पनि त्यसलाई निरन्तरता दिएर घट्दो जनसंख्यालाई सन्तुलनमा राख्नुपर्नेमा जोड दिएका हुन्।

पुटिनले वर्ल्ड रसियन पिपुल्स काउन्सिललाई सम्बोधनका क्रममा सबै नागरिकले सामूहिक परिवारलाई आदर्श मान्नुपर्ने पनि उल्लेख गरे।

राष्ट्रपतिले सम्बोधनका क्रममा सबै रुसी सार्वजनिक संस्थान र कार्यालयले पनि परम्परागत मान्यता, धर्म र सामूहिक परिवारको नीतिलाई बढावा दिनुपर्ने बताए।

kumari

२० महिनादेखि युक्रेनसँग युद्ध गरिरहेको रुसका हजारौँ सैनिक मारिएका छन्। युद्धले युवा गुमाउनु परिरहेको अवस्थामा पुटिनको यो भनाइ आएको हो।

विश्वकै ठूलो भूगोल भएको रूसको जनसंख्या जनवरी २०२३ सम्म १४ करोड ६४ लाख थियो। जुन जनसंख्या सन् १९९९ मा पुटिन पहिलोपटक राष्ट्रपति हुँदाको समयभन्दा कम हो। 

प्रकाशित: Dec 02, 2023| 09:56 शनिबार, मंसिर १६, २०८०
प्रतिक्रिया दिनुहोस्