मंगलबार, पुस १, २०८२

दुई जिल्ला जोड्ने पुल निर्माण अलपत्र

 |  शनिबार, मंसिर १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १६, २०८०

तनहुँ- तनहुँ र चितवन जिल्ला जोड्ने ठिमुराको पुल निर्माण व्यवसायीको लापरवाहीका कारण अलपत्र बनेको छ। तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशूलीनदीमाथिको पक्की पुल निर्माण व्यवसायीको लापरवाहीका कारण अलपत्र बनेको हो। 

National life

पटकपटक क्षतिग्रस्त भएको पुलको निर्माण अन्तिम चरणमा आएर रोकिएको छ। दुई सय २० मिटर लम्बाइ र ८.५ मिटर चौडाइ भएको उक्त पुल ढलान भइसकेर पनि पहुँचमार्ग तयार नभएको अवस्थामा अलपत्र अवस्थामा रहेको छ। 
एक दशकअघिदेखि निर्माण सुरु भएको उक्त पुल समयमा निर्माण सम्पन्न नहुँदा यहाँका नागरिकलाई सास्ती भएको छ। पुलको पहुँचमार्ग तयार नहुँदा पैदल हिँडडुल गर्नबाहेक सवारीसाधन गुडाउन मिल्दैन। 

घिनाटार पक्कीपुल निर्माण उपभोक्ता समितिका संयोजक टङ्कनाथ पौडेलले उक्त पुल निर्माण नसके कानुनी बाटोमा अगाडि बढ्ने बताए। उनले भने, ‘भरतपुरतर्फको भागमा ठूलो खाल्डो रहेकाले कुनै पनि समयमा दुर्घटना हुन सक्छ। मान्छे हिँड्दा खस्नसक्ने जोखिम उत्तिकै छ। एक साताभित्र उक्त खाल्डो पुरेर सहज नबनाए सडक डिभिजन कार्यालय प्रमुख, प्रमुख जिल्ला अधिकारीसमक्ष जान्छौँ।’

उक्त पुललाई आगामी माघेसङ्क्रान्तिमा उद्घाटन गर्ने आफूहरुको योजना रहेको भन्दै पौडेलले त्यसअघि नै पुलमा यातायात सञ्चालन गर्ने गरी काम सम्पन्न गराउन ध्यानाकर्षण गराइएको बताए। पुलको उपभोक्ता समितिको बुधबार बैठक बसेर पुल शीघ्र निर्माण सम्पन्न गर्न सडक डिभिजन कार्यालयमा ज्ञापनपत्र बुझाइएको उनको भनाइ छ। 

तनहुँको देवघाट गाउँपालिका–५ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर कुँवरले जतिसक्दो चाँडो पुलको आवश्यक संरचना तयार हुनुपर्ने बताए। पुल निर्माणका लागि विसं २०७१ कात्तिक २० गते तीन वटा निर्माण कम्पनीसँग सम्झौता भएको थियो।  

Laxmi sunrise bank
kumari

सम्झौताअनुसार तीन वर्षभित्र काम सम्पन्न हुनुपर्ने भए पनि काम नसकिएपछि पटकपटक म्याद थप भएको थियो। अन्तिम पटकका लागि विसं २०७८ असार १२ सम्म म्याद थप भएको थियो। त्यस अवधिमा पनि पुलको काम सम्पन्न हुन सकेको छैन। पुलको निर्माण लागत रु १९ करोड १० लाख रहेकामा अहिले बढेर रु २१ करोड ६८ लाख पुगेको सडक डिभिजन कार्यालयले जनाएको छ। 

निर्माणका क्रममा दुई पटक उक्त पुल भत्किएको थियो। त्यसक्रममा तीन जना मजदुरले ज्यान गुमाएका थिए। पहिलो पटक विसं २०७७ चैत २४ गते पुल भत्किँदा मानवीय क्षति भएको थिएन। दोस्रो पटक विसं २०७८ वैशाख १२ गते पुल भत्किँदा काम गरिरहेका तीन जना मजदुरको नदीमा डुबेर मृत्यु भएको थियो।

प्रकाशित: Dec 02, 2023| 14:02 शनिबार, मंसिर १६, २०८०
प्रतिक्रिया दिनुहोस्