शनिबार, वैशाख १२, २०८३

आत्मनिर्भरतातर्फ हिंसा प्रभावित महिला

 |  शनिबार, मंसिर १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १६, २०८०

सिरहा- सिरहाको लहानमा घरेलु हिंसाबाट प्रभावित भएका चारजना महिला मिलेर ‘जागरुक दालमोठ भुजिया उद्योग’ खोलेका छन्।

National life

ओरेक नेपाल सिरहाको वार्षिक व्यवसायिक योजनाअन्तर्गत जनही २० हजार गरी कूल ८० हजार आर्थिक सहयोगमा दालमोठ भुजिया उद्योग सञ्चालनमा ल्याइएको संयोजक अनिता चौधरीले जानकारी दिइन्। उनका अनुसार हिंसा प्रभावित महिलालाई दिगो आम्दानीमार्फत् स्वरोजगार बनाउन उद्योगको अवधारणा अघि सारिएको हो। 

'श्रीमान् तथा सासू–ससुराबाट घरेलु हिंसामा परेका महिलाको जीविकोपार्जनको लागि हामीले ‘बीउपुँजी’ स्वरूप सानो रकम उहाँहरूलाई उद्योग सञ्चालन गर्न उपलब्ध गराउँछौँ,' संयोजक चौधरीले भनिन्, 'यसले उहाँहरूको जीविकोपार्जनमा सहयोग पुग्नुका साथै हौसला अभिवृद्धि हुन्छ।'

उनका अनुसार अदालतमा मुद्दा विचाराधीन रहँदासम्म ओरेक नेपालकै संरक्षणमा पीडित महिलाले उद्योग सञ्चालन गर्ने गरेका छन्। 

ओरेक नेपाल सिरहाले गरेको यसप्रकारको कार्यको प्रशंसा गर्दै लहान नगरपालिकाका उपप्रमुख रामचरितार महतोले हिंसा प्रभावित महिलाको पुनःस्थापना र जीविकोपार्जनमा उद्यमशीलताले सहयोग पुग्ने बताए। साथै हिंसा प्रभावित महिलाको समस्या समाधान गर्नका लागि नगरले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए। 

kumari

चारदिनको तालिमपछि उद्योग सञ्चालनमा संलग्न रहेका हिंसा प्रभावित महिला निकै उत्साहित भएका छन्। यसबाट जीवन निर्वाह गर्न सहज बन्ने विश्वास आफूहरूलाई लागेको उनीहरूले बताए।

प्रकाशित: Dec 02, 2023| 12:55 शनिबार, मंसिर १६, २०८०
प्रतिक्रिया दिनुहोस्