सोमबार, मंसिर २९, २०८२

चितवनमा थप ७८ जनामा एचआइभी संक्रमण

 |  बिहीबार, मंसिर १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १४, २०८०

चितवन- सन् २०२३ को ११ महिनामा चितवनमा ७८ जनालाई एचआइभी सङ्क्रमण पुष्टि भएको छ। 

National life

छत्तिसौँ विश्व एड्स दिवसका अवसरमा एड्स हेल्थ फाउण्डेसन नेपाल भरतपुर अस्पतालले पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार चार सय २५ जनाको परीक्षण गर्दा ७८ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको हो।

परीक्षण गरिएकामध्ये ४० जना पुरुष, ३३ जना महिला, तीन जना लैंगिक अल्पसंख्यक र दुई जना बालबालिका छन्। सङ्क्रमण पुष्टि भएकामा चितवनका ३६ जना र बाहिरी जिल्लाका ४२ जना छन्। जिल्लामा अहिलेसम्म दुई हजार तीन सय १९ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ।

पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार एक हजार दुई सय १० जना पुरुष, नौ सय २३ जना महिला, २४ जना तेस्रो लिङेगी र एक सय ६२ जना बालबालिका छन्।

प्रकाशित: Nov 30, 2023| 22:56 बिहीबार, मंसिर १४, २०८०
प्रतिक्रिया दिनुहोस्