बिहीबार, असार २५, २०८३

मोटरसाइकल दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु

 |  बिहीबार, मंसिर १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १४, २०८०

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धुवाडी पुल नजिक बिहीबार मोटरसाइकल दुर्घटना हुँदा चालकसहित एकै परिवारका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरगढी-२ कुर्ले पाखाका भीमबहादुर स्याङ्तान, उनकी पत्नी रुपा र छोरी छन्।

सुकौराबाट कान्ति लोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुल छेउबाट करिब १२ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

रुपा र उनकी छोरी करिब ७ महिनाकी शिशुको घटनास्थलमा मृत्यु भएको हो। दुर्घटनामा सख्त घाइते भएका मोटरसाइकल चालक भीमबहादुरलाई हेटौंडा अस्पतालमा सामान्य उपचारपश्चात् चितवनतर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित: Nov 30, 2023| 17:20 बिहीबार, मंसिर १४, २०८०
प्रतिक्रिया दिनुहोस्