बिहीबार, असार २५, २०८३

काठमाडौंमा तापक्रम घट्यो, चिसो बढ्यो

 |  बिहीबार, मंसिर १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १४, २०८०

काठमाडौं उपत्यकामा चिसो बढेको छ। आज बिहानैदेखि आकाश बादलले ढाकिएको छ।

आकाश खुलेर घाम राम्ररी नलाग्दा बढी चिसो महसुस भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम चापक्रम ९.२ डिग्री सेल्सियस छ। हिजो बुधबारको न्यूनतम तापक्रम १०.१ डिग्री सेल्सियस थियो।

राजस्थानमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावका कारण काठमाडौंमा चिसो महसुस भएको हो। आज मधेश प्रदेश लगायत पूर्वी भू-भागमा पनि मौसम बदली हुँदा केही चिसो बढेको छ।

आज दिउँसो मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।

प्रकाशित: Nov 30, 2023| 13:43 बिहीबार, मंसिर १४, २०८०
प्रतिक्रिया दिनुहोस्